मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङले एमसीसी नेपालको हितमा नरहेको भन्दै यथास्थितिमा पारित गरे सरकारले ठूलो क्षति ब्यहोर्नु पर्ने चेतावनी - MONGOL KHABAR

Breaking

मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङले एमसीसी नेपालको हितमा नरहेको भन्दै यथास्थितिमा पारित गरे सरकारले ठूलो क्षति ब्यहोर्नु पर्ने चेतावनी

काठमाण्डौ । एमसीसी बिषयलाई लिएर सत्ताधारी पार्टीहरु घम्साघम्सी गरिरहेको बेला मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङले एमसीसी नेपालको हितमा नरहेको भन्दै यथास्थितिमा पारित नगर्न सरकारलाई चेतावनी दिएको छ
“न्याय प्रेमी लोकसमुदायहरु अहिले हाम्रो मुलुकमा कोरोना भाईरस भन्दा पनि खतरा रोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जस्ता राष्ट्रघाती सम्झौतालाई संसद्बाट पारित गर्न सत्ताधारी न्वारानदेखिको जोडबल गरिरहेका छन् ।” बिज्ञप्तीमा भनिएको छ, “हाम्रो संगठनले एमसीसी सम्झौतालाई पारित गर्न नहुने धारणालाई दोहो¥याउदै यहि असार १८ गते बसेको सर्वोच्च सभाको बैठकले यथास्थितिमा एमसीसी पारित हुनु नेपालको हितमा नहुने निष्कर्ष निकालेको यसै बिज्ञप्ती मार्फत सार्वजनिक गर्दछौं ।”
एमसीसी सत्ता पक्षले आफ्नो ब्यक्तीगत स्वार्थ पूरा गर्नकै निमिक्त लोकसमुदायलाई कुनै जानकारी नदिई सूचनाबाट समेत बञ्चित गरि गोप्य सम्झौता गरेको भन्दै राष्ट्रहित बिरोधी (एमसिसी) संसदबाट पारित गराउने खेलको बिरोध जनाएको छ ।
“लोक समुदायले बारम्बार सचेत गराउदा गराउदै पनि लोकमत, लोक आवाजको बेवास्था गर्दै जबर्जस्ति राष्ट्रघाती (एमसिसी) पारित भए, राष्ट्रले ठूलो मुल्य चुकाउनु पर्नेछ । वैचारिक रुपमा आम नागरिकले शान्तिपूर्ण सांकेतिक बिरोध मात्रै गरिरहेको अवस्थामा यदि नागरिकका आवाजलाई दबाउदै पारित गरे मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ संघर्षको मैदानमा उत्रिन बाध्य हुनेछ ।” बिज्ञप्तीमा उल्लेख छ ।
बिज्ञप्तीमा भनिएको छ, “यो प्रस्ताव हिन्द प्रशान्त रणनीति (आइपीएस) अन्तर्गत अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित रहेको बिभिन्न अध्ययनले पुष्टी भएको छ । यति मात्र नभएर एमसीसी सम्झौतामा उल्लेख भएका प्रावधान, सर्त, मान्यता, तथ्य र विभिन्न दस्तावेजका आधारमा देशको सार्बभौम, राष्ट्रिय स्वाधीनता बिरुद्ध भएको सिद्ध हुन्छ । यसकारण यथास्थितिमा एमसीसी पारित नगर्न यसै विज्ञप्ती मार्फत सरकारलाई आग्रह समेत गर्न चाहन्छौ ।”

संयोजक समेत रहेका बीरलाल राईद्वारा हस्ताक्षरित बिज्ञप्तीमा “हामी ओली सरकार लाई अनुरोध गर्दछौ कि उट्पट्याङ्गले देश चल्दैन, जनतालाई मूर्ख नबनाउनुस । कोरोना महामारीका कारण नागरिक भोक भोकै मरिरहेका छन् । दैनिक आत्माहत्या गरिरहेका छन । यसप्रति सरकार गम्भिर हुन” भनेको छ । यसगरी सम्भु सदा, राजु सदा, मलर सदा, अंगिरा पासी लगायत रुकुम हत्याकाण्डका दोषीलाई कडा भन्दा कडा कार्बाही गरि पिडितहरुलाई चाडो न्याय दिने बाटो तिर ध्यान पु¥याउन सुझाव दिएको छ ।
यता यौन शोषण आरोपमा पक्राउ परेका पत्रकार तथा हिन्दु महासंघको महासचिव अर्जुन शिवाकोटीलाई आजीवन सजायको माग गरेको छ । बिज्ञप्तीमा “पत्रकार तथा हिन्दु महासंघको महासचिव भनिएका २ जना बालिकालाई १४ महिनादेखि लगातार बलात्कार गर्ने अर्जुन शिवाकोटीलाई पनि सरकारले सत्य तथ्य छानबिन गरि दोषीलाई आजीवन सजाय गर्न जोडदार माग गर्दछौ ।” उल्लेख छ ।