सिद्धवावा मन्दिर पहिरोको जोखिममा - MONGOL KHABAR

Breaking

सिद्धवावा मन्दिर पहिरोको जोखिममा

बुटवल । साउन ६ मंगलबार, गएराती आएको लगातारको वर्षाले सिद्धवावा मन्दीरमा पहिरोको जोखिममा परेको छ ।

रातभरको अविरल बर्षासंगै पहिरो गए पछि सिद्धवावा मन्दीर वरीपरीको भाग पहिरलोले पुरीएको छ ।
यो संगै रातभरको बर्षाले सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डका बिभिन्न ठाउँमा पहिरो खसेको सिद्धवावा मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष दल बहादुर गुरुङ्गले बताए ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा मन्दिर, कदमवास, हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, झुम्सा, चर्चरे, कालीमाटी, गौडेपुललगायत दर्जनौं स्थानमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले मंगोल खबरलाई जानकारी दिएको छ ।

पहिरोका कारण अवरुद्ध सडक सुचारु गर्न र खसेका पहिरो पन्छाउन दिनभर लाग्नसक्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक दिपक खरेलले बताए ।

यसैगरी अबिरल बर्षाले पाल्पा र गुल्मीका बिभिन्न ग्रामिण सडकहरु अवरुद्ध हुनुका साथै पाल्पाबाट स्याङ्जा, रामपुर हुँदै नवलपरासी जाने सडकमा पनि पहिरो खसेको प्रहरीले जनाएको छ ।

पाल्पाको तिनाउ गाउपालिका वडा नं ३ दोभान बजारमा राजमार्ग किनारमा रहेका सीता कुंवर, दोभान कृषि सहकारी र तिनाउ सब डिभिजन कार्यालय, बुद्धबहादुर बस्नेत, राजबहादुर श्रेष्ठ लगायतका घर जोखिममा परेका छन ।