गोरूको मासु सेवन लाभदायक - उपप्राध्यापक अर्जुन घिमिरे - MONGOL KHABAR

Breaking

गोरूको मासु सेवन लाभदायक - उपप्राध्यापक अर्जुन घिमिरे

धरान । गोरूको मासुमा विभिन्न पाैष्टिक तत्वहरू पाइने भएकाले यसको सेवन मानिसको शरिरका लागी लाभदायक हुने केन्द्रिय प्रविधी क्याम्पस हात्तीसारका उपप्राध्यापक अर्जुन घिमिरेले बताएका छन ।

सुनसरीको धरान १३ स्थित पत्रकार महासंघ सुनसरीको सभाहलमा धरानमा सांस्कृतिक अधिकार संरक्षण समितिद्धारा आयोजित कार्यक्रममा गोरूको मासुको बारेमा संक्षिप्त परिचय दिँदै घिमिरेले उक्त कुरा बताएका हुन ।

घिमिरेले गोरूको मासुमा प्रोटिन, इनर्जी, भिटामीन पर्याप्त पाउने भएकाले मानव शरिरका लागी गोरुको मासु लाभदायक रहेको बताए । गोरूको मासुमा भिटामिन बि१२, भिटामिन ए को श्रोत बिटा क्यारोटिन, एन्टि,अक्सिडेन्ट, पोटासियम, आइरन, जिंक, हड्डी मजबुत बनाउने फोस्पोरस, दिमागको विकासका लागी आवश्यक पर्ने कपर, सेलेनियम लगायतको पोषण अन्य मासुमा भन्दा बढी पाइने बताए ।

चाैपायाको मासु सबै रातो मासु हो । गोरूको मासु पनि रातो मासु भएकाले यसमा स्याचुरेटेड फ्याट बढी हुने र कोलेस्टोरोलको मात्रा धेरै हुने यसको नकारात्मक पक्ष रहेको घिमिरेले बताए । 'द वर्ल्ड क्यान्सर रिसर्ज फन्ड एण्ड अमेरिकन इन्स्टच्युट फर क्यान्सर रिसर्च' का अनुसार रातो मासु हप्ताको तिन छाक भन्दा बढी सेवनले शरिरमा हानी पुर्याउने बताएको उनले खुलाए ।

मुलुकी ऐन २०७४ ले गोरूको मासु खान नहुने बताउँदै गोरु काटेको कसुरमा ३ वर्ष जेल सजाय तोकेको छ । उनले गोरुको मासु बिक्रिमा कानुनले लगाएको प्रतिबन्धको बारेमा समेत संक्षिप्त जानकारी गराएका थिए ।