बर्दघाट सुस्त पुर्ब नवलपुरको पूर्वाधार विकास गर्न सरकारको चासो - MONGOL KHABAR

Breaking

बर्दघाट सुस्त पुर्ब नवलपुरको पूर्वाधार विकास गर्न सरकारको चासो

कावासोती । श्रावण १५ बिहिवार, पूर्वी नवलपरासीको जिल्ला सदरमुकामको पूर्वाधार विकास गर्न अर्थमन्त्रालयले स्रोत सुनिश्चिता गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय आज सार्वजनिक गरिएको हो । नयाँ बनेको जिल्ला पूर्वी नवलपरासीको पूर्वाधार निर्माणका लागि सहरी विकाश मन्त्रालयले जिम्मेवारी पाएको छ । यद्यपी अर्थमन्त्रालयले पूर्वाधार विकास गर्न स्रोत सुनिश्चितता गर्नुपर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । 

सोही अनुसार राष्ट्रिय योजना आयोगले बहुवर्षीय खरिद गुरुयोजना स्वीकृतिका लागि सहमति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।  ।

पूर्वी नवलपरासीको जिल्ला सदरमुकाम कावासोतीमा सरकारी भवन बनाउन डिपिआर तयार भइसकेको छ ।१८६ बिगाह क्षेत्रफलमा निमार्ण गरिन लागिएको सरकारी भवनका लागि १५ अर्ब रुपैयाँ लाग्ने सरकारी अनुमान छ ।

सरकारी भवन बनाइने कावासोती नगरपालिका–३ को सरकारी जग्गामा सबै सरकारी भवन, २० हजार दर्शक अटाउने क्रिकेट रंगशाला र २५ हजार दर्शक अटने फुटबल रंगशाला पनि निर्माण गरिने गरी डीपीआर तयार भएको छ ।

माइलस्टोन डिजाइन एन्ड प्लानिङ कन्सर्न प्रालिले डिपिआरलाई अन्तिम रुप दिएको थियो । सोही डीपीआर प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति जनाएका थिए ।

प्रधानमन्त्री ओलीले एक वर्षअघि गएको वैशाख ७ गते कावासोतीमा आयोजित एक समारोहमा एकीकृत नमुना सरकारी कार्यालय भवन निमार्ण हुने स्थानको शिलान्यास गर्नु भएको थियो ।

नेपालको संविधान अनुसार नवलपरासीलाई दुई जिल्लामा विभाजन गरिएपछि पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा तोकिएको छ । यो जिल्लालाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नाम दिइएको छ ।