निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका चेन म्यान चार लाख घूस सहित पक्राउ - MONGOL KHABAR

Breaking

निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका चेन म्यान चार लाख घूस सहित पक्राउ

बुटवल । साउन १३ मंगलबार, सेवाग्राहीसँग घूस लिएको अभियोगमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका एक कर्मचारी सहित दुई जना पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले कार्यालय सहयोगी (चेन म्यान) विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्र प्रसादलाई पक्रेको हो । 

उनीहरुले जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रायोजनका लागि सेवाग्राही सँग चार लाख रुपैयाँ घूस माग गरेको आयोगको ठहर छ ।

बुटवलबाट खटिएको आयोगको टोलीले उनीहरुलाई घूस लिइसकेको अवस्थामा नै पक्रेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । उनीहरुलाई सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, शाखा कार्यालय भैरहवाको परिसरबाट नियन्त्रणमा लिइएको बताइएको छ ।