क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न जानु अघि सन्दीपले कोरोनाको परीक्षण गराएको र रिर्पोट नेगेटिभ आए सँगै उनी बिहिबार १० बजे कोरियन एयर हुँदै चार्टर्ड विमानबाट ट्रिनिडाड एन्ड टोबागो जाँदैछन् । सन्दिप ट्रिनिडाड पुगे लगत्तै १४ दिन क्वारेन्टिनमा बस्ने बताइएको छ ।
आगामी भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्ने सिपिएलमा जमैका तल्लावाहजबाट एक करोड ५६ लाख रूपैयाँ लिएर खेल्न लागेका हुन् । बिना दर्शक खेलाइने सिपिएलमा कुल ३३ खेल हुनेछन् ।