सुन तस्करीको ट्रान्जिट बन्यो नवलपुर, पक्राउ परेका तस्करसँग युनुसको कनेक्सन - MONGOL KHABAR

Breaking

सुन तस्करीको ट्रान्जिट बन्यो नवलपुर, पक्राउ परेका तस्करसँग युनुसको कनेक्सन

काठमाडौ । श्रावण १६ शुक्रबार, नक्कली कारोबारीहरुको ट्रान्जिट बन्दै आएको पूर्वी नवलपरासी जिल्ला सुन तस्करीको पनि ट्रान्जिट पोइन्ट बन्न थालेको छ ।

काठमाडौंको कमलादीमा गाडीबाट फालिएको सुनचाँदी सहितको हतियार भएको झोला मंगलबार प्रहरीले बरामद गरेको थियो । प्रहरी चेकिङमा परे पछि तस्करीले झोला फालेर फरार भएका थिए । भागेको गाडीले प्रहरीले फेला पार्न सकेन । काठमाडौंबाट भागेको गाडी भने काठमाडौंबाट बाहिरिँदासमेत प्रहरीले पक्राउ गर्न सकेन ।

जाली नोटको तस्करी युनुसको संलग्नता
तीनै तस्करलाई पूर्वी नवलपरासीको दुम्किबासबाट पक्राउ गरियो । काठमाडौंमै गाडी छाडेर उनीहरु राजधानीबाट बाहिरिएका थिए । सुनको पोको फालेर हिँडेका देवान सिंह पटेल, मिदेश सकिया र सञ्जय पटेललाई बिनयी त्रिवेणीको दुम्किबासबाट पक्राउ गरी काठमाडौं लगेर अनुसन्धान गर्दा भारतीय जाली नोटको तस्करीमा संलग्न युनुस अन्सारीको संलग्नता रहेको खुलासा भयो ।

अन्सारी भारतीय नक्कली नोटको तस्करी कसुरमा केन्द्रीय कारागारमा कैद सजाय भोगिरहेका छन् । कारागारभित्र रहेका अन्सारीकै सहयोगीमार्फत सुन तस्करी गरेको खुलासा भएको प्रहरी स्रोतले बताएको छ ।

प्रहरीले अन्सारीका सहयोगी बाराका इन्साद हुसेनको गाडी नख्खीपोटस्थित अन्सारीकै घरनजिकको एक घरमा पार्किङ गरिरहेको अवस्थामा फेला पारेको थियो । प्रहरी स्रोतका अनुसार बा६च ५५१९ नम्बरको गाडी बरामद गरिएको स्थान पनि अन्सारीकै घरनजिक थियो । तर प्रहरीले वीरगन्ज बस्दै आएका गाडीधनी हुसेनलाई भने पक्राउ गर्न सकेको छैन ।

पक्राउ परेका देवान सिंह, मिदेश र सञ्जयले यो सबै काम हुसेनको बताए पछि नक्कली सुन काण्डमा पनि युनुसको संलग्नता भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

नवलपुरको दुम्किबासबाट समातिएका देवान सिंह सहितका तीन गिरोहले नवलपुर बाटो हुँदै भारततर्फ लाग्ने तयारी गरेका थिए । उनीहरु यस अघि पनि यही बाटो प्रयोग गरेर तस्करी गर्ने गरेको हुन सक्ने आशंका गरिएको छ ।

रहस्यमय बन्दै गरेको यो घटना
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा संयोजकत्वको छानबिन समितिले घटनाको अनुसन्धान गरिरहेको थियो । थापा नेतृत्वको टोलीले सिसी टिभी फुटेज अध्ययन गर्दा आधा किलो सुन र १४ किलो चाँदी बरामद भएको भेटेको थियो ।

तर एका एक छानबिनका लागि बनेको समितिको नेतृत्व परिवर्तन गरिएको छ । मंगलबार दरबारमार्ग वृत्तका डिएसपी रन्जन दाहाल नेतृत्वको टोलीले गरेको अपरेसन अत्यन्त फितलो भएको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखालाई छानबिन गर्ने जिम्मा दिएको थियो ।