सर्बोच्च अदालतको आदेश, लकडाउन अबधिको घर भाडा तत्काल नउठाउने आदेश - MONGOL KHABAR

Breaking

सर्बोच्च अदालतको आदेश, लकडाउन अबधिको घर भाडा तत्काल नउठाउने आदेश

काठमाडौं । श्रावण १६ शुक्रबार, लकडाउन अवधिभरको घरभाडा उठाउन नपाइने भएको छ । सर्वोच्च अदालतले कोरोना महामारीका कारण सरकारले गरेको लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन आदेश गरेको हो । सर्वोच्चले बिहीबार सो आदेश दिएको हो ।

सर्वोच्चले यसअघि २०७७ असार २४ गते सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको थियो । सर्वोच्चले घर भाडा तिर्न नसक्ने वर्गका मानिस, दैनिक श्रम गरिरहेका व्यक्तिहरुको बारेमा सरकार सँग लिखित जवाफ माग गर्दै त्यस्तो आदेश जारी गरेको थियो ।