राष्ट्रपतिद्वारा मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा हिमानी शाहलाइ गरिएको प्रस्ताब अस्विकार - MONGOL KHABAR

Breaking

राष्ट्रपतिद्वारा मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा हिमानी शाहलाइ गरिएको प्रस्ताब अस्विकार

काठमाडौ । राष्ट्रपतिद्वारा मनोनित गर्ने राष्ट्रिय सभाको सदस्यमा हिमानी शाहलाई गरिएको प्रस्ताब (हिमानी शाह) राजपरिवारले अस्वीकार गरेको छ । राष्ट्रिय सभाको रिक्त एक सदस्यमा केही समयअघिबाट शाही परिवारकी हिमानी शाहलाई मनोनित गर्न सरकारले कदम चालेेेेको थियो । राष्ट्रपतिद्वारा मनोनित गरिने राष्ट्रिय सभाको उक्त कोटामा समाज सेवामार्फत मुलुकलाई योगदान गरेको आधारमा शाहलाई मनोनित गर्न सरकार आफै लागिपरेको थियो ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नै चाहेको स्रोतले उल्लेख गरेको छ । सुरुमा सरकारका तर्फबाटै यस्तो प्रस्ताब गएको हो । तर हिमानीले के गर्छिन भन्ने उनको स्वतन्त्रताको कुरा भयो तर उनले स्वीकृति दिइन भने राष्ट्रिय सभाको सदस्य बन्ने संभाबना प्रबल थियो तर त्यसो भएन । हिमानी शाहले अस्वीकार गर्नुभयो ।                                                                                                    
मुलुकमा आज पनि राजसंस्था प्रति आस्था राखेका जनमत निकै ठूलो छ । राजसंस्थाको अन्त्य पछि यो जनमत असंगठित भएको भएतापनी अहिले राजसंस्था प्रती जनता सकारात्मक छन् र राजसंस्था चाहाने जनता बढ्दोक्रममा छन्  ।