प्रहरी कै अगाडि हतियार फ्याँक्ने व्यक्ति पक्राउ गर्न प्रहरी असफल - MONGOL KHABAR

Breaking

प्रहरी कै अगाडि हतियार फ्याँक्ने व्यक्ति पक्राउ गर्न प्रहरी असफल

काठमाडौं । साउन १३ मंगलबार, प्रहरीकै अगाडि हातहतियार फ्याकेर भाग्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरी असफल भएको छ ।

सवारी जाँच गर्ने क्रममा काठमाडौंको कमलादीमा आज बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडी रोक्न खोज्दा नरोकी गति बढाए पछि प्रहरीले गाडीको पिछा गरेको थियो । त्यसपछि बाटो मै कपडाको झोला फ्याँकेर गाडी भाग्यो । त्यो गाडी कहाँ गयो भन्ने कुरा प्रहरीले साँझ सम्म पत्ता लगाउन सकेको छैन ।

उनीहरुले फ्याँकेको झोला हेर्दा दुई थान म्याग्जिन सहित पेस्तोल र एक किलोका ८ थान, २५० ग्राम लेखिएको २६ थान र ५०० ग्राम लेखिएको एक थान पहेँलो धातु प्रहरीले बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रमखु प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

गाडीमा कुन खालको कस्तो गिरोह थियो भन्ने समेत प्रहरीले सुईको पाउन सकेको छैन । काठमाडौंको कमलादी स्थित कृष्ण पाउरोटी चोक नजिक उक्त घटना भएको हो । गाडी सहित फरार व्यक्ति र उक्त नम्बरको गाडीको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । ज्ञावालीले प्रहरीले पिछा गर्दागर्दै कसरी भाग्न सफल भयो भन्ने विषमया पनि अनुसन्धान थालिएको जानकारी दिए । रासस