झापाको बुधबारेमा मंगोल प्रशिक्षण तथा युबा सभा गठन - MONGOL KHABAR

Breaking

झापाको बुधबारेमा मंगोल प्रशिक्षण तथा युबा सभा गठन

जगत ठाडा मगर
झापा । असार २० शनिबार, झापाको बुद्ध शान्तिमा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनका भातृसंगठन मंगोल युबा सभा गठन गरेको छ ।

प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि संघिय सभाका अनुशासन बिभाग प्रमुख तथा प्रदेश नम्बर १ का संयोजक शक्ति चाम्लिङ राई रहनुभएको थियो । भने बिशिष्ट अतिथिमा संघिय युबा सभाका संयोजक अमित याख्खा राई, संघीय सभाका सह-सचिब मोहन सेरेङ अतिथिहरुमा संघिय सदस्य अमर सावा र दलबहादुर लिम्बु रहनुभएको थियो ।

युबा सभा गठन हुनु अगाडि प्रमुख अतिथी शक्ति चाम्लिङ राई र संघिय युबा सभाका संयोजक तथा विशिष्ट अतिथी अमित याक्खा राईले प्रशिक्षण दिनुभएको थियो । स्वागत मन्तव्य विशिष्ट अतिथि मोहन सेरेङले दिनुभएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले मंगोल अस्तित्व र मंगोलवाद बारे बोल्नु भएको थियो । भेलामा मंगोललाई कोरोनाले रोक्न सक्दैन भन्ने युबाहरुको उपस्थितले प्रष्ट पारेको थियो ।

प्रशिक्षण पश्चात् समीर मान श्रेष्ठको नेतृत्वमा १५ जना सदस्यीय बुद्ध शान्ती गाउँपालिका युबा सभा गठन गरिएको छ । कार्यक्रम लुबाहाङ राईको अध्यक्षतामा प्रदेश नम्बर १ का कोषाध्यक्ष सनमान तामाङ्को संचालनमा बुद्ध शान्ति गाउँपालिका बुधबारेमा सम्पन्न भएको थियो ।