मुश्लिम समुदायको पर्व बकर इदका अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश - MONGOL KHABAR

Breaking

मुश्लिम समुदायको पर्व बकर इदका अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश

काठमाण्डौ । श्रावण १७ शनिबार, मुस्लिम समुदायले आज इद पर्व देशैभर मनाउँदै छ । तर कोरोना भाइरसको जोखिम फैलन सक्ने भन्दै मुस्लिम आयोगले घरमै बसेर नमाज पढ्न आग्रह गरेको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरस अझै नियन्त्रणमा आइनसकेकाले आफ्नै घर तथा आवासमा बसेर इद मनाउन आग्रह गर्नुभएको हो। 

इद संयमता, धैर्यता, विश्वशान्ति र भाइचाराको सन्देश दिने चाड भएको उल्लेख गर्दै आयोगले विश्वभर रहेका मुस्लिम समुदायले मनाउने यो पर्व यसपटक सुरक्षित भएर घरमै बसेर मनाउन अनुरोध गरेको हो । 

कोरोनाका कारण लामो समयदेखि सामाजिक दूरी कायम गरी साविकदेखि नै दैनिकरूपमा मस्जिदमा पाँच जनाले मात्रै नमाज पढ्दै आएका छन् । नमाज पनि पाँच जनासम्मले मस्जिदमा पढ्न पाउने व्यवस्था गरिएको छ । 
आयोगले कोरोना भाइरस नियन्त्रणका लागि मुस्लिम समुदायले देखाएको सद्भाव र सहयोगप्रति कृतज्ञता प्रकट गरेको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बकर–इदले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व प्रवर्द्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभएको छ ।

इस्लाम धर्मावलम्बीको पर्व बकर–इदका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले देशमा स्थायित्व, आर्थिक विकास, समृद्धि र जनताको जीवनमा सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षालाई सार्थक बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ ।