समुदायस्तरमै कोभिड १९ देखिन थालेपछि गैडाकोटका भित्री सडकपनि सुनसान - MONGOL KHABAR

Breaking

समुदायस्तरमै कोभिड १९ देखिन थालेपछि गैडाकोटका भित्री सडकपनि सुनसान

झबिन्द्र खण्डलुक मगर

गैडाकोट । भदौ ६ शनिबार, समुदायका ब्याक्तीहरुमै कोभिड १९ देखिन थालेपछि गैडाकोटका भित्री सडक पनि सुनसान देखिन थालेका छन । मुख्य राजमार्गमा लामो दुरीका सवारी र अत्यावश्यक सवारी मात्रै संचालन भएका छन ।

समुदायका व्याक्तीहरुमा एकपछि अर्को गरि कोभिड १९ को संक्रमण देखिन थालेपछि नगरपालिकाले भदौ २ गते राति १२ बजे देखि भाद्र ७ गते राती १२:३० सम्म लागू हुने गरि एक हप्ता लकडाउन जारी गरेको थियो । पुन भदौ ४ गते अर्को सुचना जारी गरि खाद्य र दुग्ध पसल बिहान ७ देखि १० बजे सम्म मात्रै खोल्न पाउने नियम लागू गरिएको थियो ।
हिजो शुक्रवार भदौ ५ गते मात्रै पोखरामा गरिएको ११३ स्वाव परिक्षणमा पुन एक जनामा कोभिड १९ पुष्टि भएको थियो । रजहरको लक्ष्मी बैंक शाखामा कार्यरत गैडाकोट २ का ३२ बर्षिया पुरुषमा सङक्रमण देखिएको थियो । त्यस अघि ११३ स्वावमै भदौ ४ गते समुदायका व्यक्तीहरु गैडाकोट २ का ३८ वर्षिय महिला र गैडाकोट २ कै ६३ वर्षिय पुरुषमा सङक्रमण देखिएका थियो ।

त्यसअघि भदौ ३ गते भरतपुरमा स्वाव दिएका ४ जना समुदायका व्यक्तीमा संक्रमण पुष्टि भएको थियो । भरतपुर अस्पतालमा स्वाव संकलन गरिएका उनिहरु गैडाकोट नगरपालिका वडा न २ को ३९ वर्षिय पुरुष, गैडाकोट ७ का २७ वर्षिय महिला र ३९ वर्षका पुरुष गरि २ जना, गैडाकोट ५ का २८ वर्षिय एक महिलामा देखिएको हुन । यसअघि गैडाकोट इलाका प्रहरी कार्यालयका ५ जना प्रहरीहरुमा कोभिड १९ देखिएका थियो ।