२६ औं विश्व मुलबासी दिवस नवलपुर जिल्ला सभाले भब्य मनायो - MONGOL KHABAR

Breaking

२६ औं विश्व मुलबासी दिवस नवलपुर जिल्ला सभाले भब्य मनायो

नवलपुर । साउन २५ आइतबार, बिश्वभरी मुलबासी दिवस मनाई रहदा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङले पनि २६ औं विश्व मुलबासी दिवस भब्य रुपमा सफल पारेको छ ।

बिश्वभरी अगष्ट 9 तारिख विश्व मुलबासी दिवस मनाउने गर्दछ । नेपालमा पनि देशैभरी आ-आफ्नो तरिकाले २६ औं विश्व मुलबासी दिवस भब्य रुपमा मनाइयो ।


कोभिड -१९ भाईरसको माहमारीको उच्च जोखिमको ख्याल गर्दै, सामाजिक दुरि कायम गरि नवलपुर जिल्ला सभाले विश्व मुलबासी दिवस मनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथी संघीय सभा सदस्य तथा संचारकर्मी जगत ठाडा मगर, अतिथिहरु मंगोल युबा सभाका अध्यक्ष, जसबहादुर कुवार मगर, जिल्ला सदस्य नोका सोति मगर र बेलबहादुर मगर रहनुभएको थियो ।

कार्यक्रम जिल्ला सभाका अध्यक्ष चित्रबहादुर थापा मगरको सभापतित्वमा, जिल्ला सभा सचिब सरोज पुन मगरको संचालनमा बिनय त्रिबेणी गाउँपालिका -४ सिध्रेमा सम्पन्न गरिएको थियो ।

यो पनि पढ्नुहोस, सबैलाई सहयोगको अपिल

साथै कार्यक्रम पश्चात् बिनय त्रिबेणी गाउँपालिका -४ नवलपुरकी बिरामी दरिसा ढेंगा मगरलाई केहि सहयोग रकम हस्तान्तरण गरियो । 

मलेसियाबाट राज दर्लामी मगर रु.८७५६/- खम तामाङ रु.१२५०/- संघिय सदस्य जगत ठाडा मगर रु. २०००/- चित्रबहादुर थापा रु.६००/- सरोज पुन रु.५००/- मिलन सिङ ठकुरी रु.१०००/- (हाल मलेसिया) डेबिट गौतम रु.९००/- जम्मा गरि रु.१५,००६/- अक्षरुपी पन्ध्र हजार छ रुपियाँ सहयोग हस्तान्तरण गरियो ।