नवलपुरका भृकुटी कागज कारखाना बन्द भएपछि, एक अर्बको लगानीमा नयाँ कागज उद्योग सञ्चालनमा - MONGOL KHABAR

Breaking

नवलपुरका भृकुटी कागज कारखाना बन्द भएपछि, एक अर्बको लगानीमा नयाँ कागज उद्योग सञ्चालनमा

मंगोल खबर संबाददाता

नवलपुर । पश्चिम सुस्ताको नवलपुर स्थित आरुङ्गखोलामा एक अर्ब रुपैयाँको लगानीमा कागज उद्योग सञ्चालनमा आएको छ । उद्योग निर्माणको २ वर्ष पछि अहिले परीक्षण उत्पादन गर्न सुरु गरि सकेको उद्योगका प्रबन्ध निर्देशक राजन पियाले जानकारी दिए ।उद्योगले नेपाली बजारबाट निस्किएका कागजजन्य फोहरबाट पुनः प्रशोधन गरी प्याकेजिङ उत्पादन गर्ने उनको भनाइ छ । दैनिक १ सय २० टन कागज उत्पादन गर्ने गरी उद्योगले उत्पादनको काम शुरु गरेको हो । जसको लागि १ सय १० टन कागजजन्य फोहर संकलन गर्ने गरेको छ ।

हाल नेपालमा ३ वटा कागज उद्योग रहे पनि तेस्रो मुलुकबाट ७० प्रतिशत भन्दा बढी कागज आयत गर्ने गरिएको बुधबार भरतपुरमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । नवलपुरमा रहेको भृकृटी कागज उद्योग एक दशक देखि बन्द रहे पनि तत्कालीन अवस्थामा कागज उत्पादन गर्ने जिल्लाको रुपमा परिचित थियो । नवलपरासीको पहिचान फेरि स्थापित गर्न युवा व्यवसायीहरुको लागानीमा क्वालिटी पेपर ईण्डष्ट्रिज् प्रा.लिले कागज उद्योग सञ्चालनमा ल्याएको हो । यूरोपियन प्रविधिबाट कारखाना निर्माण गरिएको उद्योगका अध्यक्ष सुकेशकुमार गुप्ताले जानकारी दिए ।
कागजजन्य फोहरलाई पुनःप्रशोधन गरी स्वदेशमा दुई प्रकारका कागज उत्पादन गर्ने लक्ष्य उद्योगले लिएको छ ।उद्योगले ३ महिना पछि सेतो कागज पनि उत्पादन गर्ने जनाएको छ । युरोपियन प्रबिधिको प्रयोग गरी उद्योग सञ्चालनमा ल्याइएकाले वातावरण प्रदुषणलाई रोक्ने संचालकको दावी छ । चार जना युवाहरुले प्रभू बैकको सहकार्यमा १ अर्ब रुपैयाँ लगानीमा उद्योग सञ्चालन गर्न लागेका हुन् । उद्योगले १ सय ५० जना स्थानीयलाई रोजगारी दिने जनाएको छ । उद्योगले तेश्रो मुलुकबाट आउने कागजको गुणस्तर र मुल्यमा बिक्रि वितरण गर्ने उद्योगका बजार निर्देशक श्रेष्ठले जानकारी दिएका छन । उद्योग करिब १५ विघा जमिनमा फैलिएको छ ।