इटहरीमा जनता क्याम्पसका प्रध्यापकले मध्यरातमा प्रध्यापिका संग यौनको कुरा गरे पछि... - MONGOL KHABAR

Breaking

इटहरीमा जनता क्याम्पसका प्रध्यापकले मध्यरातमा प्रध्यापिका संग यौनको कुरा गरे पछि...

इटहरी । इटहरीस्थित एक क्याम्पसकी प्राध्यापिका ले आफूमाथि यौनजन्य संवादमार्फत् दुव्र्यवहार भएको गुनासो गरेकी छिन् । बुधबार राती प्राध्यापक राजन भट्टराईले आफूमाथि यौनजन्य दुव्र्यवहारको नियतले फोन संवाद गरेको कृष्णकला राईको आरोप छ ।

रातको दश बजे राईलाई फोन सम्पर्क गरेर भट्टराईले कुनै ठाउँमा भएको यौन क्रियाकलापसम्बन्धी घटना सुनाएका थिए । राईले परिवारसँग रहेको बेलामा रातको समयमा फोन गरेर आफूलाई नियतवश यौनजन्य घटना सुनाएपछि उनले कारवाहीको माग गरेकी छिन् ।


‘क्याम्पसको कामले आएको फोन होला भनेर रिसिभ गरेकी थिएँ,’ उनले भनिन्, ‘रक्सी खाएको आवाजमा अश्लील शब्द प्रयोग गरेर ममाथि दुव्र्यवहार भयो ।’ उनका अनुसार यसभन्दा अगाडि पनि एक पटक मदिरा सेवन गरेर भट्टराईले राती कल गरेका थिए ।

अडियोमा भट्टराईले भनेका छन्, ‘आँपगाछीमा एकजना छोरी मान्छेले छोरा मान्छेलाई बियर खान बोलायो, छोरा मान्छे गयो । उसको बुढो पनि थियो त्यतिबेला, तर बुढो राती माछा मार्न गयो । उसकोमा बियर खान आएको मान्छे छ नि त्यसले बुढीलाई ... चढेछ’

यस्तो अप्रत्यासित संवादपछि राईले उनीसँग आशय सोधेकी छिन् । ‘अनि यो समाचार हो कि के हो दाई रु मलाई किन सुनाउनुभएको ? ‘तँ बुझ्ने मानिस भएर पो भनेको,’ भट्टराईले जवाफ दिन्छन् ।

आफू प्रहरी पनि नभएको र वकिल पनि नभएको भन्दै उनले अडियोमा रातको समयमा फोन गरेर यस्तो कुरा सुनाउनुको कारण जान्न चाहेकी छिन् । राईले यौनजन्य संवाद गरेर महिलाहरुलाई दुव्र्यवहार गर्न खोजिएको भन्दै उनले यस्तो प्रवृत्ती सहन नहुने बताएकी छिन् ।
इटहरीमा जनता क्याम्पसका प्रध्यापकले मध्यरातमा प्रध्यापिका संग यौनको कुरा गरे पछि...