दोलखा बिगु गाउँपालिका- ८ थाङ्मीचागुका युबा शक्तिले निको युगान्तकारी आर्थिक सहकारी स्थापना गरे - MONGOL KHABAR

Breaking

दोलखा बिगु गाउँपालिका- ८ थाङ्मीचागुका युबा शक्तिले निको युगान्तकारी आर्थिक सहकारी स्थापना गरे

दोलखा । भदौं १५ सोमबार, दोलखा जिल्लाका युबाहरुले आर्थिक क्रान्तिको लागि निरन्तरता दिएको छ । त्यसैगरी जिल्लाका देश बिदेशमा छरिएर रहेका युबाहरुले निको युगान्तकारी आर्थिक सहकारी क्रान्ति मंच स्थापना गरि संचालनमा ल्याएको छ ।


यस निको युगान्तकारी आर्थिक सहकारी क्रान्ति मंच गत (२०७६ पुष १९) पुसमा स्थापना गरेर, हाल संचालनमा ल्याएको छ । हाल दोलखा जिल्ला बिगु गाउँपालिका- ८ थाङ्मीचागु स्थित आफ्नो कार्यालय रहेको सस्थापक प्रमुख सन्तोष ठान्टीने नवलपुर टुडेलाई जानकारी गराएको हो । 

निको युगान्तकारी आर्थिक सहकारी क्रान्ति मंचले आफ्नो गाउँ आफै बनाऔं भन्ने उदेश्यले देश बिदेशमा रहेका स्थानिय गाउँका युबाहरु मिलेर स्थापना गरेको हो । यो संस्थाले सिंगो बिगु गाउँपालिकाका युबा शक्तिलाई एउटै मालाको डोरीमा बाँधेर आफ्नो गाउँ समाज बिकासको लागी, आफ्नो निजि जिबन आर्थिक हिसाबले सहज संचालन गर्ने, राजनीति, सामाजिक, शैक्षिक, धार्मिक, सास्कृतिक र आर्थिक क्रान्तिमा आफै आत्मनिर्भर बन्नु हो ।

निको युगान्तकारी आर्थिक सहकारी क्रान्ति मंचले आफ्नो पहिचान स्थापना गर्नको लागि प्रत्येक परिबर्तनकारी युवा शक्तिहरुले आफ्नो ब्यक्तिगत रकम रुं.५००००/- ( अक्षरुपी पचास हजार ) शेयर लगानी गरेर स्थापना गरेको हो ।