गण्डकी प्रदेशमा आइतबार थप २० जना कोरोना पुष्टि - MONGOL KHABAR

Breaking

गण्डकी प्रदेशमा आइतबार थप २० जना कोरोना पुष्टि

कावासोती । श्रावण १८ आइतबार, गण्डकी प्रदेशमा आईतबार थप २० जनामा कोरोना पुष्टी भएको छ । यो संगै संक्रमितको संख्या १५०० नाघेको छ । आइतबार चारजना महिलासहित २० जना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका ८ जना, कास्कीका ६ जना, लमजुङका ३ जना, तनहुँका २ जना र बागलुङका एकजनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमित स्याङजाको वालिङका ५ जना पुरुष र पुतली बजारका २ महिला र एक पुरुष गरी ३ जना रहेका छन् । यस्तै, कास्कीको रुपा गाउँपालिकाका २ महिला सहित ५ जना र पोखरा महानगरपालिकाका एकजना पुरुष रहेका छन् । लमजुङका संक्रमित २ जना सुन्दर बजार र एकजना दोर्दीका रहेका छन् ।

त्यस्तै तनहुँको म्याग्दे र आबुखैरेनीका एक जना पुरुष रहेका छन् भने बागलुङको बागलुङ नगरपालिकाकै एक जना पुरुष रहेका छन् । गण्डकीमा हालसम्म १२४५ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गइसकेका छन् ।