विभिन्न पत्रपत्रिकामा प्रकाशित शिक्षक तथा लेखक खड्क पामी आले मगरको अनवरत पाइला..... - MONGOL KHABAR

Breaking

विभिन्न पत्रपत्रिकामा प्रकाशित शिक्षक तथा लेखक खड्क पामी आले मगरको अनवरत पाइला.....

तनहुँ । भदौं ४ बिहिवार 

समयको अनन्त गर्भबाट

अनयास, अनयासै म पनि जन्मिएछु !

भूगोलको भु- खण्ड बाट;
यी, हिमशृङ्गखला, झर्ना, पहाड, पखेराहरु-
चियाउँदै-चियाउँदै,
मैले पनि लामो सास फेरेको छु, फेर्दैछ।
नेपाल आमाको सुपुत्र बन्ने
मीठो अभिलाषा बोकेर ।

मैले पनि मिठा मिठा सपनाहरू देखेका थिएँ ,
मेरा ती सपनाहरु भ्रम मात्र भैगयो- हुँदैछ।
खै ! म मेरा जिजिविषा खोज्न कहाँ जाउँ ?

न्यायलयको ढोका ढोकामा,
म दुई हात पसार्न पुगेका हुन्छु-पुगिंदैछ ।
अतृप्त प्यासलाई एक घुट्को पानी माग्न,
ती भोका पेटहरुलाई एक मुठी नुनिलो फाँडो खोज्न ।

बल्की,
म रित्तो हात हल्लाउँदै फर्किरहेका हुन्छु-फर्किंदैछ ।
मेरा भोका पेट नाङ्गो आङ
चिच्याईरहेका हुन्छु- चिच्याउँदैछ ।
तर ,
मेरा चीत्कार क्रन्दन्हरु नसुनेको हुँदो,हो-सुनिदिएनन ।

एक्कासी !
म मेरो झुप्रोमा रुन कराउन आईपुगेका हुन्छु- आउँदैछ।
जब म कराउँछु,छट्पटाउँछु
भयाँकर ठूलो मेघ गर्जन्छ त्यहाँ ,
मेरो झुप्रो भत्काउने गरि - मलाई तर्साउने गरि ।

म मेरा चीत्कार क्रान्दन्लाइ रोक्दै
चुपलागेका हुन्छु-चुपलाग्दैदैछ ।
चोइटिएको मुटु 'भत भत' पोलेर
चिरा चिरा चर्किंदै छ ।
मेरा ठेला उठेका हातहरुले थिचिरहेका हुन्छु- थिचिंदैछ ।

उफ !
अद्भुत शब्दमा , झिनो चिच्याईमा ,
अनवरत चिच्याइरहेका हुन्छु- चिच्याउँदैछ ।
तर मेरो चिच्याहट सुनिदिने कोहीभएन।
सुनिरहाँदो हो त,-
ती अमुक खम्बाहरुले, ती भित्ताहरुले ।
हेरिरहाँदो हो;
ती अट्ल निश्चल हिमालहरुले ।

अनयासै, म यस्तै भएँ ,
मेरा बा आमाका मिठा मिठा सपनाहरू
अँधेरो खल्डोमा डुब्ने भयो-डुप्दैछ ।
मैले मेरा बा आमाको ॠण चुक्ता गर्न
नसक्ने नै भएँ ।
एक मुठी नुनिलो जाउलो खुवाउन
नसक्ने नै भएँ ।

अब त म,
नेपाली आमाका तमाम भोका नाङ्ग सन्तानहरुका लागि,
जाउलो माग्न निस्केका हुन्छु-निस्किंदैछ।
ओत नपाई निथ्रुक्क भिज्नेहरुका लागि
ओत खोज्न भौतारिरहेका हुन्छु -भौतारिंदैछ ।
गन्तव्य तिर बढिरहेको हुन्छु- बढ्दैछ ।

किनकि,
जेठा दाजु र काकाहरुले मात्र ओगटेका विधयक मण्डल विघटन गर्न,
तानाशाही निर्णयहरु तोड्न,
तमाम नेपाली दाजुभाइहरुलाई
सामनुपातिक अंश दिलाउन ।

त्यसैले त ,
अब म
हुँचिलहरुको 'हुँ, हुँ' सुनी तर्सिन्न
स्याल र ब्वाँसोहरुको 'हूँईयाँ ! सुन्दैमा म भाग्दिन
अब मेरा पाइलाहरु
विशाल फड्कोको रुपमा;
अनवरत अनवरत चलिरहेका हुन्छु- चल्दैछ
…अनवरत ,अनवरत !

लेखक :- खडक पामी आले मगर
रचना :२०५१ साल ,असार १० गते,
जमडाँडा तनहुँ

(विभिन्न पुस्तक पत्र पत्रिकाहरुमा प्रकाशित)