मूलवासी न्युजको पहलमा रु ६८,६५५/ माडी चेपाङ बस्तिमा सहयोग(भिडियो सहित) - MONGOL KHABAR

Breaking

मूलवासी न्युजको पहलमा रु ६८,६५५/ माडी चेपाङ बस्तिमा सहयोग(भिडियो सहित)

मंगोल खबर संबाददाता

चितवन । साउन २३ शुक्रवार, चितवन जिल्ला माडी नगरपालिका वडा नम्बर –९ कुसुम खोला किनारामा ५५ घरधुरी चेपाङ समुदायको बसोबास छ । बस्तिमा साउन ४ गते शनिबार चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले हात्ती लगाएर चेपाङ बस्ती भत्काउने, आगो लगाउने निर्दयी अमानवीय कार्य गरेको थियो ।


चितवन जिल्ला माडी कुसुम खोला किनारामा बस्ने ५५ घरधुरी चेपाङ समुदायको बस्तिमा चितवन राष्ट्रिय निकुञ्जको सात हात्तीमा निकुञ्जका कर्मचारी, माडी नगरपालिका प्रमुख लगायत १४ जना कर्मचारी आई चेपाङ समुदायलाई तथानाम गाली गलौज गर्दै दुई घर जलाएका छन भने, आठ घरलाई पुर्ण ध्वस्त हुनेगरि भत्काईएका छन ।

राज्यबाट सधै हेपिएका ठगिएका चेपाङ समुदाय राज्यले नै लोपोन्मुख संरक्षण गर्नु पर्ने समुदायको सूचिमा राखेको छ । तर रक्षक नै भक्षक बनिदियो । सर्वहाराको सरकार सर्वहाराको लागि अभिसाप बन्यो ।

राज्यले सहयोग त के कुरा बरु उल्टै एउटा गोठ र गुन्द्रीमात्रै जलेको हो भनि बनमन्त्री शक्ति बहादुर बस्नेतले अभिव्यक्ति दिए । बर्षादको समयमा आवास बिहिन बनेको चेपाङ बस्तीलाई राज्यबाट अहिले कुनै ब्यबस्था गरेको छैन ।

यस्तो बेला राज्यबाट सहयोग नपाएका चेपाङ समुदायको बस्तीमा मूलबासी न्यूज टिम धरानबाट पुग्दा खाने बस्नेको ब्यवस्था केहि पनि नभएको सहयोग दिन आउनेले पनि बजारबाट पिडितको घरसम्म पुग्नलाई ३ घण्टा पैदल हिड्न पर्ने भएकोले बजार मै पिडितलाई सहयोग दिने भएकोले सहयोग पाउन गारो भएको र पाएको सहयोग पनि बिचौलियाले नदिएको भन्दै पिडितहरुले गुनासो पोखे ।

घरमा खानको लागि ४/५ दिन लाइ पुग्छ हामीलाई पैसा नै दिनुहोस भनेपछि जलेको दुई घरलाई रु.१०/१० हजार बाँकी ८ घरलाई रु ६/६ हजारको दरले हस्तारण गरेको र बाँकी रु ६५५ रुपैया ६ जना बालबालिकालाई कापी कलम किन्नको लागि मुलबासी न्युज संचालक नयन्द्र राईद्वारा वितरण गरिएको थियो ।

मूलवासी न्युजको पहलमा रु ६८६५५ उठेको मध्ये मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङले रु. १५४९० संकलन गरेका थियो । बाँकी रिता राईको पहलमा रु.५३१६५ संकलन भएको थियो ।