नवलपुरमा आज ८ जना कोरोना संक्रमित थप्यो - MONGOL KHABAR

Breaking

नवलपुरमा आज ८ जना कोरोना संक्रमित थप्यो

भदौं १२ शुक्रबार 

कावासोती । पूर्वी नवलपरासीमा आज एकै दिन ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । 
बिनयी त्रिबेणी गाउँपालिकाका ६ जना, र देचुली नगरपालिकाका २ जनामा संक्रमण पुष्टी भएको पोखरा स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  


बिनयी त्रिबेणी गाउँपालिकाका वडा नं १ मा  १७,४,६७,र ६१ बर्षका ४ महिला र सोही वडाका २०,६० बर्षका २ पुरुष गरी ६ जना संक्रमित थपिएका छन ।

त्यसैगरी देचुली नगरपालिकाको वडा नं १५ मा ५० बर्षिय महिला र वडा नं १६ का ३० बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको पोखरा स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।