पाल्पामा कोरोना संक्रमित ३० वर्षीया महिलाको मृत्यु - MONGOL KHABAR

Breaking

पाल्पामा कोरोना संक्रमित ३० वर्षीया महिलाको मृत्यु

पाल्पा । पाल्पामा कोरोना संक्रमणको उपचार गराईरहेकी तानसेन ८ मदनपोखरा निवासी ३० वर्षीया महिलाको आज साँझ मृत्यु भएको छ । उनको संक्रमणका कारण मृत्यु भएको लुम्बिनी मेडिकल कलेज पाल्पाले मंगोल खबरलाई जनाएको छ ।

गएको भदाै ७ गते कोरोना सङ्क्रमण देखिए पछि लुम्बिनी मेडिकल कलेजको आइसोलेशन वार्डमा उनको उपचार भइरहेको थियो । पहिलेदेखि नै मुटु सम्बन्धी समस्या देखिएकी महिलामा कोरोनाको लक्षण देखिए पछि परीक्षणका लागि स्वाब भैरहवा प्रयोगशाला पठाइएको थियो । 


उपचारका क्रममा मुटुको समस्या बढ्दै गए पछि शुक्रबार बिहान देखि भेन्टिलेटरमा राखेर उपचार गरेका थिए ।उनको उपचारको क्रममा शुक्रबार साझ उनकाे मृत्यु भएको हो । यो भन्दा पहिला पाल्पा सिलुवाका एक्जना पुरुषको उपचारको क्रममा तानसेन मिशन अस्पतालमा कोरोनाको कारणले मृत्यु भएको थियो । यो सँगै पाल्पामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ ।