धरान सडकमा रमाउने गरिब, अनार्थ, असाय र अशक्तको गुनासो( भिडियो सहित ) - MONGOL KHABAR

Breaking

धरान सडकमा रमाउने गरिब, अनार्थ, असाय र अशक्तको गुनासो( भिडियो सहित )

मंगोल खबर संबाददाता
धरान । धरान उपमहानगरपालिका र माया घर संस्थाद्वारा संचालित सामुदायिक लाङ्घाली भवनमा रहेका करिब ४५/५० जना अनार्थ, अशक्त, र असायहरुले मिडियामा आश्राममा रहदा धेरै समस्या रहेको गुनासो सुनाएको छ ।

बिश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ भाइरसले गर्दा लकडाउनमा सडकमा भोकै रहेका अनार्थ, असाय र बृद्धहरुलाई धरान उपमहानगरपालिका र माया घर संस्थाका प्रतिनिधिहरुले कसैलाई मीठो खाना दिन्छ, सधै मासुभात खुवाउछ र हरियालीमा पिक्निक छ, खाना जाम भन्दै झुक्याएर सिधै सामुदायिक लाङ्घाली भवनमा ल्याएको आरोप लगाएको छ ।

सामुदायिक लाङ्घाली भवनको आश्रयमा रहेका धेरै जनाले आफुहरुलाई भनेको जस्तो बस्ने खाने सुबिधा नरहेको र नुहाउनको लागि साबुन पानीको सुबिधा समेत नदिएको बताएको छ । कतिपयलाई रिक्सा चलाईरहेको अबस्थामा जबर्जस्ती समाएर त्यहाँ ल्याएको र दैनिक मजदुरी गरि खाने रिक्सा नै हराएको गुनासो गरेका छन ।

धरान उपमहानगरपालिका - ८ स्थित सामुदायिक लाङ्घाली भवनमा मुलबासी न्युजको टोली पुग्दा त्यहाँ रहेका अशक्त, आसय र अनार्थले उनिहरुलाई दैनिक भनेको जस्तो खाना बस्न नदिएकोले त्यहाँ बस्न मन नरहेको बताए । कति जनाले त छिट्टो त्यहाँबाट मुक्त हुने कुरा गर्दा पनि निस्कन नदिएको आरोप संस्थालाई लगाएको छ ।
भिडियो हेर्न क्लिक गर्नु होला ।