नवलपुरबाट एकैदिन २३ जनाले कोरोना जितेर घर फर्के - MONGOL KHABAR

Breaking

नवलपुरबाट एकैदिन २३ जनाले कोरोना जितेर घर फर्के

नवलपुर । साउन १८ आइतबार, नवलपरासी पूर्वबाट शनिवार थप २३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै नवलपरासी पूर्वमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ सय १ पुगेको छ । जिल्ला भित्र अहिलेसम्म ३ सय २४ कोरोना संक्रमित भएका मध्ये सक्रिय संक्रमित जम्मा २३ जना बाँकी छन् ।
देवचुली १६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयबाट आज (शनिबार) २२ जना डिस्चार्ज भएका हुन् भने, झ्याल्टुङडाँडा ब्यारेकबाट १ जना निको भएका छन् । सबैको स्वाबको परीक्षण पोखरा प्रयोगशालामा गरिएको थियो । निको हुनेहरु मध्येमा ५ जना महिला रहेको अस्पतालका निर्देशक डा.बिनोद पौडेलले जानकारी दिनुभयो ।

निको हुनेहरुमा गैंडाकोट नगरपालिकाका ३ पुरुष र १ महिला, कावासोती नगरपालिकाका ३ पुरुष, देवचुली नगरपालिकाका १ पुरुष र २ महिला, मध्यबिन्दु नगरपालिकाका ८ पुरुष र १ महिला, बुलिंगटार गाउँपालिकाका १ पुरुष, बिनयी त्रिवेणी गाउँपालिकाकी १ महिला र बौदीकालि गाउँपालिकाका १ पुरुष रहेका छन् । निको भएर शनिवार डिस्चार्ज गरिएकालाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले निरोगिताको प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

उक्त क्रममा उहाँले प्राकृतिक चिकित्सालय कोरोना उपचारमा नेपालमै सर्बाेत्कृष्ट अस्पतालको रूपमा रहेको भन्दै प्रशंशा गर्नुभयो । शनिबार राती उक्त चिकित्सालय पुगेका गुरूङले कोरोना संक्रमणमुक्त भएका २२ जनालाई विदाई गर्दै प्राकृतिक चिकित्सालयलाई धन्यवाद दिनुभयो ।  

यति ठूलो संख्यामा कोरोना संक्रमितहरूलाई राखेर सफल उपचारपछि बिरामीहरूलाई हाँसीखुसी प्रफुल्ल मुद्रामा बिदाई गर्ने नेपालकै एकमात्र अस्पताल नवलपुरको रजहर मात्रै भएको मुख्यमन्त्री गुरुङले दाबी गर्नुभयो ।  

चिकित्सालयमा हालसम्म ३ सय १५ जना संक्रमितको उपचार भैरहेकोमा आजसम्म २ सय ९४ जना निको भई घर फर्किसकेको ब्यबस्थापक हरि सापकोटाले मंगोल खबरलाई जानकारी दिनुभयो ।