सिंगो मुलबासी मंगोल बाहुनवाद विरुद्ध गोलबन्द बन्दै, झण्डा काण्डका आरोपितलाई बिना शर्त रिहाई नगरे देशैभरी आन्दोलीत हुने - MONGOL KHABAR

Breaking

सिंगो मुलबासी मंगोल बाहुनवाद विरुद्ध गोलबन्द बन्दै, झण्डा काण्डका आरोपितलाई बिना शर्त रिहाई नगरे देशैभरी आन्दोलीत हुने


काठमाडौ । भदौं १५ सोमबार, नेपाली राष्ट्रिय झण्डा जलाएको बिषयमा पक्राउ गरिएका ग्याल्जेन दोर्जे तामाङ लगायत सबै जना कलाकारलाई बिना शर्त रिहाइको माग गर्दै देशैभरीका मुलबासी मंगोल संघसंस्था गोलबन्द भैइ आन्दोलन गर्ने तयारी गरेको छ ।


ग्याल्जेन दोर्जे रिहाई संघर्ष समिति" का सदस्य तथा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनका संचार बिभाग प्रमुख जीवन मंगोलले देशैभरी मुलबासी मंगोल नेवार, थारु, धिमाल, मेचे, कोचे, कुमाल, शेर्पा, तामाङ, मगर, गुरुङ, राई, लिम्बू, दनुवार, माझी, मुसहर र मधेसी इत्यादि संघसंस्थाले सरकारले ग्याल्जेन दोर्जे लगायत कलाकारलाई बिना शर्त तत्काल रिहाई नगरे ग्याल्जेन दोर्जे रिहाई संघर्ष समितिका सदस्यहरु आन्दोलनको घोषणा गर्ने तयारीमा रहेको र देशैभरीका मुलबासी मंगोललाई आन्दोलनमा सहभागी हुन तयारी अबस्थामा रहन समेत जानकारी दिएकोछ ।

नेपाली जनताले राजा फाल्यो । नेपाली जनताले पुरानो राष्ट्रिय गान फाल्यो । अब नेपाली जनताले अराष्ट्रिय झण्डा फाल्नै पर्छ । अहिलेको झण्डाले सबै नेपालीलाई समेटने सक्दैन । बहुसंख्यक समुदायको सर्बप्रिय नेपाली राष्ट्रिय झण्डा बनाऔं र देशको सुशासनको परिबर्तन गरि सारा नेपालीले सम्मान अधिकार ग्रहण गरि बाँच्न पाउने प्रतिनिधित्व गर्ने नेपाली राष्ट्रिय झण्डा निर्माण गर्नु त्यसको लागि बिभन्न संगठन, पार्टी, र संघसंस्थाले तत्काल बहस शुरु गर्ने आवाज उठाईरहेको छ ।

नेपालका बहालवाला प्रधानमन्त्री केपी ओलीले आफ्नो जन्मदिनमा सिंगो नेपालको नक्शाको केकलाई टुक्रा–टुक्रा पारेर क्वाप्लाक क्वाप्लक खादा र ओलीको उक्त कार्यलाई लाखौ जनताले बिरोध गर्दा र वकिलहरुले प्रधानमन्त्रीलाई राज्यद्रोहको मुद्दा लगाउन सर्बोच्च अदालत जादा अदालतले मुद्दा दर्ता गर्न नमानेको नजिर सबै जनतालाई अबगत नै छ । मुलबासी मंगोलले ग्याल्जेन दोर्जे लगायतलाई बिना शर्तमा रिहाई नगरे प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत नेपालको नक्साको केक टुक्राटुक्रा पारी क्वाप्लाक क्वाप्लाक खाएको आरोपमा राज्यद्रोही मुद्दामा कार्बाहीको माग गर्दै जेल हाल्ने माग गर्दै आएका छन ।

झण्डा काण्डका आरोपित कलाकार ग्याल्जेन दोर्जे तामाङको ग्रुपलाई गत भदौ १ गते प्रहरीले पक्राउ गरेको थियो । उनिहरुलाई Mongol Hop Youtube Channel बाट नेपाली झण्डा जलाएको म्युजिक भिडियो अपलोड गरेको अभियोगमा प्रहरीले पक्राउ गरि अनुसन्धानको लागी हिरासतमा राखेको छ ।