मकवानपुर प्रहरीलाई सफलता, कारागारबाट फरार एक कैदीलाई पक्राउ - MONGOL KHABAR

Breaking

मकवानपुर प्रहरीलाई सफलता, कारागारबाट फरार एक कैदीलाई पक्राउ

नवलपुर । साउन १८ आइतबार, जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारागार बाट फरार एक कैदी लाई पक्राउ गरेको छ । फरार कैदी भिमफेदी कारागारमा कर्तव्य ज्यान मुद्दामा २० बर्षको सजाय भोग्दै आएका थिए

गत वर्ष २०७६ कार्तिक ३० गते भीमफेदी कारागारबाट फरार रहेका कैदी जिल्ला सुनसरी रामधुनी नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष २५ का कुलदीप राज धामीलाई पुर्व नवलपरासी जिल्ला देवचुली नगरपालिका वडा नम्बर १६ रजहर स्थित पुल छेउबाट पक्राउ गरेको मकवानपुर प्रहरीले जनाईएको छ ।

निज धामीले २०७१ पुस महिनामा चितवनमा वर्ष २१ का रोजिन गुरुङलाई हत्या गरेको अभियोगमा चितवन जिल्ला अदालतबाट २० वर्षको जेल सजाय तोकिएको थियो । निजलाई केहि वर्ष अघि चितवन कारागारबाट भीमफेदी कारागारमा स्थान्तरण गरिएको थियो । उनी गत कार्तिक ३० गते जेलबाट पर्खालबाट भागी फरार रहेका थिए ।

फरार रहेका धामी भारत पुगेका थिए । उनी सुदुरपश्चिम कञ्चनपुर नाकाबाट चितवन तर्फ आउदैं गरेको सुचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी टोलीले रजहरबाट पक्राउ गरी हेटौंडा ल्याइएको प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले मंगोल खबरलाई बताए । निजलाई थप जेल सजायको लागि भीमफेदी कारागारमा लगिने राठौरले बताए ।