दाङ जिल्ला सभाले २६ औं विश्व मुलबासी दिवसको तिब्र तयारी - MONGOL KHABAR

Breaking

दाङ जिल्ला सभाले २६ औं विश्व मुलबासी दिवसको तिब्र तयारी

मंगोल खबर सम्बादाता
दाङ । श्रावण १९ सोमबार, बिश्वभर विश्व मुलबासी दिवस मनाउने तयारी गरिरहदा दाङ जिल्ला सभाले पनि विश्व २६ औं विश्व मुलवासी दिबस मनाउन तीब्र तयारी गरेको छ ।

विश्वको मुलबासीले आफ्नो हकअधिकार र अस्तित्वको लागि बिश्वभर मुलबासी दिवस मनाउदै आईरहेको छ । त्यसै गरि नेपालमा पनि मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले देशैभरी प्रत्येक बर्ष अगष्ट 9 मा विश्व मुलबासी दिवस मनाउदै आइरहेको छ ।

उक्त दिन मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङले देशैभरी विश्व मुलबासी दिवस मनाउने सर्कुलर जारी गरेको छ । जिल्ला सभा दाङले पनि यस बर्ष विश्व २६ औं मुलबासी दिवस दाङ मै मनाउने पुर्ब तयारी गरेको छ । दाङ जिल्ला सभाले विश्व मुलबासी दिवसको अबसर पारेर उक्त कार्यक्रममा मंगोल युवा सभा दाङको कार्यसमिति गठन गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको बताएको छ ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना-19 भाइरसको उच्च जोखिमलाई विशेष मध्येनजरको ख्याल गरेर सामाजिक दुरि कायम गरि २६ औँ विश्व मुलबासी दिवस मनाउने दाङ जिल्ला सभाका अध्यक्ष तथा ५ नमबर प्रदेश सदस्य खुमेन्द्र पुन मगरले मंगोल खबरलाई जानकारी दिनुभएको छ ।

कार्यक्रममा मुलवासीहरुको मौलिक भेषभुषा संगै विभिन्न बिधा संग सम्बन्धित कलाकारहरुद्वारा विबिध सास्कृतिक प्रस्तुती समेत रहने र सम्पुर्ण मुलवासी समुदायका आमाबुवा दाजुभाई तथा दिदिबहिनीहरुलाई यथाशिघ्र उपस्थितीको लागि संघिय सभा सदस्य बिमला पुन मगरले हार्दिक अपिल समेत गर्नुभएको छ ।