मुलबासी मंगोलहरु बाहुनवादको चक्रव्युहमा नफसौं - MONGOL KHABAR

Breaking

मुलबासी मंगोलहरु बाहुनवादको चक्रव्युहमा नफसौं

सबैभन्दा बाहुन क्षेत्री मित्रहरुको लागि चिराइटो स्वाद लागेको संगठन भने मंगोल नेशनल अर्गनाइजेेेेशन (डा.गोपाल गुरुङ) हो ।

त्यसपछि अम्बेडकरवादी अहिले दलित आत्मा रक्षा अभियान पनि बन्यो । यी संगठनलाई आरोप लगाउने भनेको बिदेशी इसाईकरण ग¥यो भन्ने हो । केही कुरालाई हेरौं । तिमीहरु यहुँदीको धर्म मान्ने ? इसाई भनेको बिदेशी हो । यिनीहरु डलर खाएर आफ्नो धर्म बेचेका हुन् ... यस्ता यस्तै छन ।

यो एउटा भ्रमको बिमार हो ।

नेपालको इसाई भनेको यहिका मूलबासी हुन । जसले धर्म परिवर्तन गरेर इसाई भएका हुन बिदेशी होइनन् । जस्तो इण्डियामा मुस्लिमलाई विदेशी भन्ने मोहनभागत हिन्दु संघ संस्थाको राजनैतिक रणनीति भए जस्तै नेपालका हिन्दुहरुको एक रणनीति हो । यो एउटा भ्रमको बिमार हो । नेपालका मूलबासीहरु हिन्दु होइनन् तर जबरजस्ती हिन्दु बनाइएका हुन । हिन्दु हुनु पहिले प्रकृतिका पुजारी थिए पछि बुद्धिष्ट बने । भारतबाट आएका शासकहरु हिन्दु थिए त्यसैले हिन्दु शासन, हिन्दु कानुन, हिन्दु नीति लागू गरेर सबैलाई हिन्दु बनाए । त्यसको प्रतिकार गर्नेहरु मारिए । सहिद भए ।

अब धर्म परिपबर्तनको कुरा के हो ?

यी संगठनले चलाई रहेको अभियानमा कुनै धर्म परिवर्तन गर्ने कुरा छैन । हिन्दुवाद, बाहुनवाद जस्ता खतरना भाइरसबाट मुक्त गराउन लागि रहेका छन् । र कतै धर्म परिवर्तन गर भन्ने नीति बनेको छैन । धर्म व्यक्तिको नैसर्गिक अधिकार भएकाले यो निरपेक्ष हुनुपर्छ भनिएको हो । कुनै धर्मलाई राज्यको बनाइदा अरु धर्म माथि अन्याय भएको हुन्छ । त्यसैले आफूले चाहेको धर्म अगाल्ने हो ।

धर्मनिरपेक्ष नभए के हुन्छ ?
हिजो हजारौं साल भारत बर्षमा धर्मसापेक्ष हुँदा त्यहाँ मूलबासीहरुको हालत कस्तो थियो ?। जहाँ अनेकौं त्यस्ता क्रुर प्रथा सञ्चालन गरिरहेका थिए ती प्रथा अंग्रेजले हटाए । बर्ण व्यवस्था यथावत रुपमा छँदैछ । बुद्ध जन्मिएको नेपाललाई हिन्दु राष्ट्र बनाउदा कस्तो अवस्था थियो बर्णण गर्न जरुरी छैन । मुन्धुम मान्नेहरुलाई आफ्नै संस्कृति मान्नेलाई निषेद गर्दै जनै लगाउने सम्मको अभियानमा काले राई, भद्रा घले, जगमान गुरुङ जस्ता कयौ ब्यक्तिलाई राज्यले प्रयोग ग¥यो । त्यतिवेला हिन्दुहरुको यति विध्न ज्यादती थियो यद्यपी जारी नै छ । जब एमएनओ डा.गोपाल गुरुङ, विभिन्न जातीय संगठनहरु उठे त्यसपछि धर्मनिरपेक्ष मुलुक घोषणा भयो तर अभ्यास हिन्दु राष्ट्रकै हुन्छ । बुद्धिष्ट, इस्लाम, इसाईको बिरुद्ध निरन्तर ज्यादती गरिहेका छन् ।

धर्म विदेशी स्वदेशी हुन्छ ?
मलाई लाग्छ धर्म स्वदेशी विदेशी हुँदो हो त बुद्धिष्ट नेपालमा जन्मिए तर नेपाल बाहेक ९ वटा राष्ट्र बुद्धिष्ट बाहुलता राष्ट्र हुन । जेरुसेलमबाट शुरु भएको इसाइ ७२ वटा इसाई बाहुल छ । मक्काबाट उत्पत्ति भएको इस्लाम ४५ राष्ट्रमा बहुलता छ । यहुदी पनि १७ वटा मुलुकमा छ । हिन्दु भारतमा बहुलता छ । नेपालमा पनि धेरै पछि हिन्दु बहुल बन्न पुग्यो । गलत तथ्याङ देखाएर ८२ प्रतिशत पुराइएको छ । त्यहि हिन्दुका मै हुँ भन्ने धर्मका गुरुहरु विदेशी धर्मको जगजगी भयो भन्छन् । मैले बुझ्न नसकेको के हो भने यदि स्वदेशी र बिदेशीको कुरा गर्ने हो भने बुद्ध र प्रकृति पुजारी संस्कृति मान्ने बाहेक अरु सबै बिदेशी हुन । हिन्दु पनि वर्तमान नेपालमा विदेशी हो । त्यसको संरक्षक बाहुन स्यंम ककसीयाबाट हिंसा गर्दै भारत हुँदै नेपाल प्रवेश गरेका थिए । जसले सधै हिंसा जन्माउदै आएका छन् । तर यहाँका मूलबासी, मंगोलहरु धर्म जुन सुकै माने पनि नेपालका मूलबासी हुन । जसको इतिहास छ, वर्तमान छ । यो कुनै मिथक होइन इतिहास हो ।

सतर्क कसरी रहने ?
बिदेशी आर्यहरुले हिन्दु बाहेक अरु धर्म मान्नेलाई विदेशी भन्ने एक संस्कार जस्तै बनेको छ । मूलबासी मंगोलहरुले यो बुझ्न जरुरी छ की किन यसो भनिरहेका छन । यो उनीहरुको धुर्त चलाखी हामीलाई एक हुन नदिने रणनीति हो । कसरी ? जब तपाई कुनै बुद्धिष्ट हो हुनुभयो भने इसाईप्रति बितृष्णा फैलाउने, इस्लाम हुनु भयो भने यसैगरी अरु धर्म बिरुद्ध बितृष्णा पैदा गर्ने इसाई हुनु भयो भने त झन हरकुरामा निगरानी गर्ने बनाइ दिन्छ । हामीले जुन सुकै धर्म माने पनि सबै एक दाजुभाई हो भन्ने कुरा बुझेका हुँदैनौ । यो कुरा थाहा नपाओस भन्नको लागि भाई लडाउन यसो गर्छन ।

अब यसरी जवाफ दिनुस
कसैले इस्लाम मान्नु हुन्छ तर तपाईलाई इस्लाम बिदेशी हो भन्छ भने पहिला धर्म परिवर्तन इस्लामको पुर्खा नेपाल भारतका मूलबासी हुन भन्नु पर्यो । दोस्रो धर्म अगाल्दैमा विदेशी हुने भए हिन्दु हुनु पनि विदेशी हुनु हो ।
कसैले इसाई मान्नु हुन्छ तर तपाईलाई बिदेशी भन्छ भने धर्म परिवर्तन गर्दैमा बिदेशी हुँदैन भनेर सम्झाइ दिनु । किनकी तपाई एलम्बरका सन्तान हो या बुद्धका सन्तान हो ।
र यो पनि सम्झाउनु की हिन्दु पनि बिदेशी हो । त्यो भन्दा महत्वपूर्ण आर्य बाहुन क्षेत्री पनि विदेशी हो । सम्झाउनै पर्ने अर्को तथ्य यहाँ बाहुनको राज्य थिएन । यद्यपी अरुको राज्यको भग्नावेश, इतिहास साक्षी छ ।

भुल्नै नहुने
सबैधर्म समान हुन । सबैको आस्था सम्मान हुन । कसैले कसैलाई जबरजस्ती गर्नु हुन्न र जसले जुन धर्म माने पनि यो नभुल्नु की हामी मूलबासीहरु मंगोलहरु एकै वंशका दाजुभाई हो । धुर्त बिदेशी आर्य बाहुन क्षेत्रीको सुनेर झगडा नगर्नु । यो हाम्रै बंश विनास हो ।

- जीवन मंगोल