दास हुनुभन्दा दासी संस्कृती त्याग्नु सहि:- खड्क पामी आले मगर - MONGOL KHABAR

Breaking

दास हुनुभन्दा दासी संस्कृती त्याग्नु सहि:- खड्क पामी आले मगर

तनहुँ । भाद्र ६ शनिबार 

- श्रीमानको आयु लामो होस भनि निरहार व्रत बस्नु ।

- लोग्नेको खुट्टा धोएको पानी खानु ।
- पञ्चमीको दिन ३६५ वटा दतिवान तोक्नु ।
- नन्दा आमाजु सासू...को, गीत गाउनु ,..यी, इत्यादि तिजको बिशेषता हुन ।

अब, तपाई नै भन्नुस तिज संस्कृतिले महिलालाई के संस्कार सिकाएको रहेछ । जब सम्म मुलबासी महिलाले तिज पर्व बहिष्कार गर्दैन, तब सम्म महिला मुक्तिको बखान गर्नु ब्यार्थ छ । तिज संस्कृतिले महिलालाई दास मानसिकतामा चुर्लुम्म डुबाएको छ ।

मित्रहरु, इतिहास पल्टाऔं ।
नेल्सन मन्डेलाले - हामी निग्रो हौं र हाम्रो आफ्नै पहिचान छ भनेर आन्दोलन गर्दा त्यहीं निग्रो जनताहरुले साथ दिन मानेनन, गोरेहरु नै हाम्रो लागि सर्बोत्कृष्ट हो भन्थे ।, त्यसपछि मन्डेलाको निष्कर्श थियो, - गोरे ले निग्रोहरुलाई दास मात्रै बनाएको होइन रहेछ, पुरै मानसिक्ता नै दासी बनाएको रहेछ । 'दास हुनु भन्दा दासि संस्कृति खतरा हो' । जसले जन्मन साथ त्यहिं संस्कार सिकाइन्छ । हो, नेपालमा पनि दासि संस्कृति दलितमा पुरै लागुछ । किनकि ति दलितहरु जन्मने बितिकै त्यो संस्कारबाट टाढा हुन सकेको छैन । दलितको बच्चा जन्मने बितिकै त्यहीं बनिबनाउ संस्कृतिबाट सुरु हुन्छ दास बन्न ।

नेपालमा दलित, महिला, मुलबासी, मधेसि लगायत धेरै संग अझै दास मानसिकता छ, भने अरु कथित उच्च जाति संग चैं साशक मानसिक्ता छ । केपी वली त्यहीं शासक मानसिक्ता भाको व्यक्ति हो । हामी सबै मानवहरुको मानसिकता सामनता हुनुपर्छ । तसर्थ दास्त्वको संस्कृतिलाई उन्मुलन नगरे सम्म स्थायी शान्ति दिगो विकास हुन सक्दैन ।