सर्पको टोकाईबाट गैंडाकोटमा बालिकाको मृत्यु - MONGOL KHABAR

Breaking

सर्पको टोकाईबाट गैंडाकोटमा बालिकाको मृत्यु

नवलपुर । श्रावण १८ आइतबार, गैंडाकोट नगरपालिका वडा नम्बर-३ भुजेल गाउँका एक बालिकालाई सर्पको टोकाईबाट मृत्यु भएको छ ।

भुजेल गाउँ निबासी सोमबहादुर राना र फुलमाया रानाको डेढ बर्षकी सृचना रानालाई साउन ११ गतेको मध्यरातमा सर्पले डसेपछी भरतपुर अस्पतालको आईसियुमा राखेर उपचार गरिएको थियो ।

आठ दिनको उपचार पछि आइतबार बालिकालाई आइसियुबाट बाहिर निकाले पछि मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।