भाग्य न्यौपानेले सबैसँग माफी मागे, आखिर किन मागे त माफी ? हेर्नुहोस् - MONGOL KHABAR

Breaking

भाग्य न्यौपानेले सबैसँग माफी मागे, आखिर किन मागे त माफी ? हेर्नुहोस्

काठमाडौ । समाजसेवी ,अभियन्ता तथा युटुबरका रूपमा चर्चित भाग्य न्यौपाने पछिल्लो एक घटनाबाट आलोचित बनेका छन् । हिजो मंगलबार सार्वजनिक भएको भिडियोमा केयर बलगृहकी सञ्चालिका पुष्पा अधिकारीसँग गरेको अन्तरवार्ताका कारण उनी विवादित बनेका छन् ।

पुष्पा संग गरेको अन्तर्वार्तामा उनले सामाजिक दूरी कायम नगरेको र अन्तर्वार्तामा उनको प्रस्तुतिलाई लिएर आलोचित बनेका हुन् । घटनाको गहिराई नबुझी पहिले हतार हतार भिडियो बनाएको र अहिले पुष्पालाई मात्र दोष थुपारेको भन्ने उनलाई आरोप छ ।


यसरी सामाजिक सञ्जलामा उनको आलोचना भएपछि उनले आफ्नो फेसबुक एकाउण्ट मार्फत् सम्बन्धित सबै संग माफी मागेका छन् । हेरौ उनले पोस्ट गरेको स्टाटस जस्ताको तस्तै :

पछिल्लो समय तात्तातो खबरको युट्युब च्यानलमा अपलोड भएको पुष्पा अधिकारिको अन्तर्वार्तालाई लिएर धेरैले समालोचनात्मक प्रतिक्रिया दिनुभएको छ ।

उक्त अन्तर्वार्तामा धेरैले संवेदनशील विषय महिलालाई दुर्यव्यवहार र पत्रकारको आचारसंहिताको कुराहरु उठाउनु भएको छ । यस्तो संवेदनशील बिषयलाई उक्त अन्तर्वार्तामा जोडिएकोले मेरो उक्त प्रतिक्रियाप्रती ध्यानाकर्षण भएको छ ।

साउन १३ गते पुष्पा अधिकारीले एउटा शिशु भेटेको कुरा मिडियामा अत्यन्तै चर्चित बन्यो त्यस दिनको भोलिपल्ट केयर बाल गृहमा हामी वास्तविकता बुझ्न उक्त संस्थामा पुग्यौँ , पुष्पा अधिकारीसंग सम्पुर्ण कुराहरु सोध्यौँ ।

उक्त बच्चाको हेरबिचारको लागि सहयोग पनि हस्तान्तरण गर्यौँ र त्यहाँ उनले बोलेको कुरा र पछि आएको अभिव्यक्ति नमिलेको कारणले मलाई व्यक्तिगत रुपमा धेरैले म्यासेज तथा कलहरु गरेर त्यस्को वास्तविकता के हो भनेर सोध्नुभयो ।

त्यसैले फेरि म केयर बाल गृहमा दोस्रो पटक पुगेँ र त्यो बेला म आक्रोषित पनि भएँ त्यसैले आक्रोषमा मैले समाजिक दुरि कायम गरिन जुन मेरो गल्ती हो, साथै नियतवश मैले कुनैपनी हिसाबले पुष्पा अधिकारिलाई दुर्व्यवहार गरेको होइन र म त्यस्तो व्यवहारको बिरोध गर्छुर अगामिदिन यस्तो विषयप्रती अझ संवेदनशील हुनेछु । मेरो उक्त भिडियोको कारणले महिला संवेदनामा आँच पुग्न गएकोमा म माफी चाहान्छु । यो विषयमा समालोचनात्मक प्रतिक्रिया गरि मलाई सजग गराउनुहुने सबैप्रती म आभार प्रकट गर्न चाहान्छु।”