नेपाली समाजको निर्माणमा वैज्ञानिक खोजको जरुरी छ - श्याम गहतराज - MONGOL KHABAR

Breaking

नेपाली समाजको निर्माणमा वैज्ञानिक खोजको जरुरी छ - श्याम गहतराज

कावासोती । श्रावण २४ शनिबार, नेपाली समाज, सत्ता र सस्कृतीलाई सहि ढंगले नबुझ्ने हो भने यहाँको न्याय शिक्षा सामाजिक आन्दोलन राजनीतिक साहित्य आन्दोलन धर्म लगायत मानव जिबन संग प्रत्यक्ष जोडिएको पक्षको बुझाइ र भोगाइ अपुरो हुन जान्छ । त्यसैले नेपाली समाज सत्ता र सस्कृती कसरी निर्माण हुन पुग्यो भनेर वैज्ञानिक खोज र यथार्थ जानकारी पाउनु जरुरी छ । 

किन बारम्बारको आन्दोलन बलिदानबाट उपलब्ध भएको राजनीतिक ब्यबस्था र सामाजिक अबस्थामा सिद्धान्त र कार्यानिती फरक फरक भयो । प्रजातन्त्र लोकतान्त्रिक गणतन्त्रका ब्यबस्था के हुन, किन पटकपटक नेपाली क्रान्तिमा यस्ता प्रजातन्त्र लोकतन्त्र गणतन्त्र जस्ता नामहरु फेरि रहन्छन ।  


नेपालमा सामन्तवादको विरुद्धमा १९९० बाट शुरु भएको लोकतान्त्रिक आन्दोलन र २००६ बाट शुरु भएको कम्युनिष्ट आन्दोलन २००४६/५२/ ६२/६३ को आन्दोलन र घटना क्रमले ल्याएको राजनीतिक व्यवस्थालाई लोकतन्त्र भनियो, नेपालको सामन्तवाद विरुद्धको आन्दोलन र क्रान्तिले ७० दशक पार गरिसक्दा पनि नेपाल कस्तो किसिमको सामन्तवादी अर्थ ब्यबस्था राजनीतिक र सामाजिक ब्यबस्था हो भनेर किन छुट्याउन सकेन । 

आर्थिक राजनीतिक सास्कृतिक अतिवाद र सामन्तवादको विरुद्धमा २०५२ सालमा गरिएको जनयुद्ध र करिब २२ हजार भन्दा बढीको बलिदान हुदा पनि नेपाल गणतन्त्र त भनियो तर जातीय र वर्गीय विभेद किन जहाँ को तही कायमै रह्यो ।

लोकतन्त्रमा दलित भन्ने हुदैन गणतन्त्रमा गरिब र धनी भन्ने हुदैन तर लोकतन्त्र र गणतन्त्रको एक दशक जन्मोत्सव मनाउदा सम्म पनि नेपाली समाजमा धनी र गरिवको दुरि झन बढ्नु र जातीय छुवाछूतको घटना झन घट्नु र जात धर्म नै नहुने कम्युनिष्टबाटै जातीय छुवाछूतको कारण देशैभरी हत्या हुनु यो कस्तो लोकतान्त्रिक गणतन्त्र हो ।  

त्यसैले नेपाली समाजको समाज ब्यबस्थाको जञ्जीर कस्तो हो भनेर जान्नु बुझ्नु पहिलो काम हो । धेरै पढेलेखेका बुद्धिजिवि राजनीतिज्ञ शिक्षक विद्यार्थी ब्यापारी पत्रकार पण्डित धर्म गुरु हुनुहुन्छ । उहाँहरु सबैलाई यस बिषयमा आफ्नो धारणा राख्नु हुन म अनुरोध गर्दछु ।