कृष्ण बुढामगरको अध्यक्षतामा मंगोल युवा सभा दाङ गठन - MONGOL KHABAR

Breaking

कृष्ण बुढामगरको अध्यक्षतामा मंगोल युवा सभा दाङ गठन

दाङ । साउन २६ सोमबार, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ जिल्ला सभाको आयोजनामा २६ औँ विश्व मुलबासी दिवस सम्पन्न गरेको छ ।

आइतबार दाङको तुलसिपुरमा सम्पन्न भएको कार्यक्रममा बिश्वका मुलबासी मुक्ति र मंगोलबादको शिक्षालाई आत्मासाथ गरेर अगाडि बढ्नु पर्ने प्रमुख अतिथि संघिय संचार बिभाग प्रमुख जीवन राईले जोड दिनुभयो । नेपालका मुलबासीले डटेर ब्रह्माण्डबादको नीति विरुद्ध शसक्त आन्दोलनको आधिबेहरी ल्याउन पछि नपर्न आह्वान गर्नुभएको थियो ।


सास्कृतिक कार्यक्रम सहित २६ औं मुलबासी दिवस मनाएका जिल्ला सभा दाङले कृष्ण बुढा मगरको संयोजकमा मंगोल युबा सभा दाङ गठन गरेको छ ।

कार्यक्रममा प्रमुख संघिय संचार बिभाग जीवन मंगोल, बिशेष अतिथिमा ५ नं प्रदेश प्रमुख बिमला पुन मगर रहेका थिए भने दाङ जिल्ला अध्यक्ष खुमेन्द्र पुन मगरको सभापतित्वमा सम्पन्न भएको थियो ।