सागर तामाङको संयोजकमा नुवाकोट मंगोल युबा सभा गठन - MONGOL KHABAR

Breaking

सागर तामाङको संयोजकमा नुवाकोट मंगोल युबा सभा गठन

काठमाडौ । साउन २४ शनिबार, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ भातृसंगठन मंगोल युबा सभा नुवाकोट गठन भएको छ । बागमती युबा सभा संयोजक मन्दिरा मोक्तानको पहलमा गठन भएको हो ।

उक्त कार्यक्रममा संघीय सदस्य तथा प्रशिक्षक आरेन राईले मंगोलबाद प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण पश्चात् सागर तामाङको अध्यक्षतामा २५ सदस्यीय नुवाकोट मंगोल युबा सभा गठन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि संगठनका प्रवक्ता तुलबिर दर्लामी मगर, विशेष अतिथि संघीय सदस्य तथा बागमती प्रदेश प्रमुख सेरफ तामाङ र १ नं प्रदेश युवा कोषाध्यक्ष सचिन राई रहेका थिए ।

कार्यक्रम बागमती प्रदेश युवा प्रमुख मन्दिरा मोक्तानको सभाअध्यक्ष, १ नं प्रदेश मंगोल युवा प्रमुख साङ्गे शेर्पाको संचालनमा काठमाडौ स्थित दियो क्याफे सुकेधारामा सम्पन्न भएको थियो ।