आजदेखि नेपालमा अन्तर्राष्ट्रिय उडान खुल्ला - MONGOL KHABAR

Breaking

आजदेखि नेपालमा अन्तर्राष्ट्रिय उडान खुल्ला


काठमाडौं । भदौं १६ मंगलबार, आजदेखि नेपालमा अन्तर्राष्ट्रिय उडान खुल्ला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लकडाउन शुरु हुनुभन्दा केही दिन अघिदेखि रोकिएको व्यावसायिक हवाइ उडानमा संचालन अनुमति दिएको हो ।


सरकारले विभिन्न देशमाथि गत चैत आठ गतेदेखि लगाएको अन्तर्राष्ट्रिय हवाई उडान प्रतिवन्ध खुला गर्दै नियमित व्यावसायिक उडान तालिका तय गरेको हो । नयाँ उडान तालिका अनुसार आजदेखि आगामी १४ असोजसम्ममा ६० वटा नियमित उडान र २७ वटा चार्टर उद्धार उडान हुने जनाएको छ ।

दैनिक दुई व्यावसायिक उडान तथा एक चार्टर उडानका लागि नागरिक उडडयन प्राधिकरणले अनुमति दिएको छ । सरकारले अझै कोरोनाको उच्च जोखिम कायमै रहेका मुलुकबाट पिसिआर रिपोर्टसहित आउन नसक्नेहरूलाई मध्यनजर गरी केही मुलुकमा भने चार्टर उद्धार उडानलाई नै निरन्तरता दिने भएको छ ।