मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ प्रबास मलेसियाले २६ औं विश्व मुलबासी दिवस मनाउन आग्रह - MONGOL KHABAR

Breaking

मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ प्रबास मलेसियाले २६ औं विश्व मुलबासी दिवस मनाउन आग्रह

मलेसिया । साउन २४ शनिबार, देशै भरी २६ औं बिश्व मुलबासी दिवस मनाउने तयारी गर्दै गर्दा प्रबास सभा मलेसियाले पनि आफ्नो मातहतका इकाईलाई आइतबार २६ औं बिश्व मुलबासी दिवस मनाउने आग्रह गरेको छ ।

संगठनले अगष्ट 9 मा विश्व मुलबासी दिवस मनाइदै आएको छ । मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङले पनि आइतबार देश तथा बिदेशमा २६ औं विश्व मुलबासी दिवस मनाइने तयारी गरेको छ र मलेसियामा पनि मनाउने तयारी गरेको छ ।

बिश्वभर कोभिड -१९ भाईरसको महामारीको उच्च जोखिमलाई विशेष मध्येनगर गर्दै सामाजिक दुरि कायम गर्दै मलेसिया सभाले आफ्नो मातहतको इकाईलाई विश्व मुलबासी दिवस मनाउन आग्रह गरेको प्रबास सभा मलेसियाको सचिब राज दर्लामी मगरले मंगोल खबरलाई जानकारी दिएको छ ।

बिश्व मुलबासीहरुको मौलिक भेषभुषा संगै विभिन्न बिधासंग सम्बन्धित मुद्दा लोकतन्त्र, धर्मनिरपेक्ष प्रान्तीय सरकार र मानव अधिकारको वकालत गर्दै मंगोल नेशनल अर्गनाइजेशन- डा.गोपाल गुरुङ संगठन जहिले पनि बैचारिक र सैद्धान्तिक रुपमा अगाडि बढ्दछ । त्यसैले मुलबासीहरु जंगलका राजा सिंह जस्तै गाउँबस्ती शहर र बिश्वका कुना कुनामा मंगोल मुक्तिको लागि ब्युँझिसकेका छन ।