डोटी केन्द्र बिन्दु भएर ३.८ रेक्टर स्केलको भुकम्पको धक्का - MONGOL KHABAR

Breaking

डोटी केन्द्र बिन्दु भएर ३.८ रेक्टर स्केलको भुकम्पको धक्का


सुर्खेत । डोटी जिल्लाको केआइसिंह गाउँपालिका–१ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।


भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार मंगलवार दिउँसो १ बजेर ६ मिनेटमा तिखातर केन्द्रविन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पले डोटी सहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महसूस गराएको बताइएको छ । सुदूरपश्चिम प्रदेशमा डोटी केन्द्रविन्दु भएर पहिलो पटक भूकम्प गएको हो ।

भूकम्पका कारण हालसम्म कुनै पनि ठाउँमा क्षति भएको खबर प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।