नयाँ जनबादी क्रान्ति असम्भव छैन, बिश्वास गरौं क्रान्ति सम्भब छ - MONGOL KHABAR

Breaking

नयाँ जनबादी क्रान्ति असम्भव छैन, बिश्वास गरौं क्रान्ति सम्भब छ

कालिकोट । कतिपय कामरेडहरु अझै पुरानै चिन्तन प्रवृत्तिको सिकार भइरहेको छ ।यसको कारण यसलाई दक्षिणपन्थी भटकाव र अपव्याख्या गरेर केही भ्रमहरु उत्पन्न गरिएको छ । कसैले यसलाई जनबादी क्रान्तिको बिकल्प देख्नु कतिपयले यसलाई पुर्ब एमाले संगको पार्टी सत्ता साझेदारीमा अपव्याख्या गर्ने र कतिले एमालेको बहुदलीय जनबाद संग तुलना गर्ने रुपमा आएको देखिन्छ ।


यो सत्य होईन बरु सत्य के हो भने यो सिद्धान्त ती तमाम सकारात्मक र नकारात्मक संशलेषणहरुको शिक्षा र सबको जगमा उभियको छ । यो नेपालमा नयाँ ढंगले क्रान्ति सफल गर्ने नयाँ सिद्धान्त हो ।

यद्यपि यो भर्खर फक्रदो अबस्थामा छ । यसको एक मात्र अध्यय नेपालमा नयाँ जनबादी क्रान्ति पूरा गरेर समाजबादी ब्यबस्थाद्वारा नेपाललाई नयाँ नेपालका रूपमा बिश्व सामु चिनाउने हो ।

यसका मात्र दुई सर्त वा कार्यभार छ्न -: पहिलो नेपाललाई नबऔपनिबेसिक जन्जिरबाट मुक्त गर्ने छ र दोस्रो नेपालमा बसोबास गरेका नागरिकहरु आदिबासी जनजाति ,गैरआदिबासी ,जातिहरु,सबै,बर्ग,लिंङ ,क्षेत्र र समुदायमाथी पुरानो राज्य सत्ताले ,थोपरेका अन्यायपुण ब्यबस्था,र सबै प्रकारका असमानता र,उत्पीडनको अन्त्य गरि सबै नागरिकको समान अधिकार ,कायम गर्ने छ । र,एउटा् मुक्त नेपाल ,मुक्त र,अधिकार सम्पन्न जनता ,एकीकृत जनक्रान्तिले परिकल्पना गरेको नेपाली जनबादी क्रान्तिको लक्ष्य रहेको छ ।

अन्त्यमा यति भनौं नेपाल कम्युनिस्ट माओवादी पार्टी फुट होइन ,जुट पनि हो । जनताको दृष्टिमा पार्टी फुटेको देखिनु स्वभाबिक छ, तर माओवादी फुटेको छैन ,हिजो माओवादी जे भन्थ्यो ,अहिले पनि माओवादी त्यहि भन्दैछ र त्यही बाटो ,त्यही सहिदहरुको सपना पूरा गर्ने प्रतिबद्धतामा छ ।

माओवादीको मुल प्रबाह यहि हो ,अन्य यहि मुल प्रबाहबाट अलगथलग भएर जानुका साथै जनयुद्धका सबै उपलब्धिहरु बर्ग दुश्मनलाई समर्पण गर्नु र माओवादी आन्दोलनको मुल धारलाई बङ्ग्याएर अन्यत्र मोड्न खोज्दाको परिणाम विचार,झण्डा र बचेका उपलब्धिहरुमा टेकेर अधिकार खोसेको मात्र हो।

पछिल्लो चरणको फुट क्रान्तिमा अगाडि बढन तयार नभएपछि यो वा त्यो रूपले क्रान्तिका लागि तयार नभएपछि तिनलाई छाडेर अगाडि बढेको मात्र हो ।
त्यसैले यो फुट नभएर ईतिहासको जिम्मेवारी पूरा गरेको मात्रै हो । यो घडी भनेको ईतिहासकै असाध्य अप्ठ्यारो र ,जटिल अबस्था पनि हो ।

यो अबस्था भनेको असाध्यै जोखिमपुर्ण अबस्था पनि हो,,
यो जोखिम मोल्न कोहि तयार नभएपछि बलिदानमा छाती थाप्ने प्रस्न पनि हो । यो तातो नदि तर्न को तयार हुने ? भन्ने प्रश्न पनि हो । यसमा काध थापेको मात्र हो ।

त्यसैले यो आबश्यत्ता र ,बाध्याताको उपज पनि हो ।
अगाडि बढन र यो परिस्थितिलाई चिरेर अगाडि बड्ने माग परिस्थितिको आवश्यकता हो । यो बेला नेताहरु घोर अकमर्ण्यतामा परेपछी र जोखिम मोल्न तयार नभएपछि जस्तोसुकै परिस्थितिका निम्ति पनि तयार भएर एक कदम अगाडि बढेको मात्र हो ।

यसलाई यसरी नै बुझ्न जरुरी छ । लाईन र नेतृत्व बिचको अन्तरबिरोधको समाधान पनि हो । र पार्टीभित्रका सहि र गलत,ईमानदार ,र क्रान्तिकारी बिचको अन्तर बिरोध समाधान पनि हो । नेता ईमानदार मात्र भएर पनि नपुग्दो रहेछ, क्रान्तिकारी र हिम्मती पनि हुनुपर्दो रहेछ । गतिहीन ,कलाहिन र अदुरदर्सी नेतृत्वको अन्तर बिरोध सामधान गरेको मात्र हो । त्यसैले आत्तिनुपर्ने केही छैन ।

क्रान्तिको सम्भावना छ तर समस्या नेतृत्वकै हो र त्यसको हल पनि हुँदै गएको छ । यसैले क्रान्तिमा आशा गर्ने ठाउँ १०० % छ । सबैले एकीकृत जनक्रान्तिको कार्यदिशा र नेतृत्वप्रती उत्तिकै बिश्वास गरौं क्रान्ति सम्भब छ ।

लेखक :- तुफान सिंह कालिकोटे