राष्ट्रिय झण्डा जलाएको आरोपमा पक्राउ परेका कलाकार ग्याल्जेन समुहलाई कतारबाट सहयोग प्राप्त - MONGOL KHABAR

Breaking

राष्ट्रिय झण्डा जलाएको आरोपमा पक्राउ परेका कलाकार ग्याल्जेन समुहलाई कतारबाट सहयोग प्राप्त

काठमाडौ । भदौं २७ शनिबार, नेपाली राष्ट्रिय झण्डा जलाएर भिडियो बनाएको आरोपमा पक्राउ परेका कलाकार ग्याल्जेन दोर्जे लगायत ९ जनाको समुहलाई धरौटीमा छुटाउने देश तथा बिदेशबाट सहयोग रकम संकलन भएको छ ।


झण्डा जलाएको भिडियो सार्बजनिक भए पछि ग्याल्जेन लगायत ९ जना कलाकारलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पछि राष्ट्रिय झण्डाको बिषयमा राष्ट्रिय रुपमा बहस चलिरहेको छ । एकल नक्श्लिय ब्रह्माण्ड शासकबादीले ग्याल्जेन लगायतका आरोपित समुहलाई कार्बाहीको माग गरेका थिए ।

अर्को तिर अधिकांश बहुसंख्यक मुलबासी मंगोल समुदायका भिभिन्न संघसंस्था र राजनीति पार्टीले पक्राउ परेका ग्याल्जेन समुहलाई बिना शर्त रिहाईको माग गर्दै बिज्ञप्ती जारी गरि ग्याल्जेन दोर्जे समुहलाई समर्थन जनाएको छ र उनिहरुलाई छुटाउने संघर्ष समिति गठन गरि संघर्षरत छन । हाल उनिहरुलाई धरौटी बुझाएर छुटाउन सहयोग संकलन भैइरहेको छ ।

बिशेषगरी मंगोल नेशनल अर्गनाइजेशन- डा.गोपाल गुरुङ संगठनका जिल्ला सभा, प्रबास सभा र संगठनका समर्थकले आर्थिक सहयोग गरिरहेका छन । त्यसैक्रममा मंगोल नेशनल अर्गनाईजेशन-डा.गोपाल गुरुङ प्रबास सभा कतारको पहलमा आर्थिक संकलन गरि संघर्ष समितिका सदस्य जीवन मंगोलको नाममा पठाउनु भएको हो ।

प्रबास सभा कतारका सक्रिय सदस्य सोमाहाङ राईले सहयोग रकम प्रबास कतारका नेताकार्यकर्ताहरुले आ-आफ्नो खुशिले सहयोग गरेको उल्लेख गर्दै, सहयोगी दाताहरुको नामावली सहित नवलपुर टुडे र मंगोल खबरलाई पठाउनु भएको हो । ग्याल्जेन दोर्जे नागरिक संघर्ष समितिलाई कतार सभाबाट तल निम्न उल्लेखित मनकारीहले सहयोग गरेका छन ।

कान्छाराम याङ्तेन-Qr170, सोमाहाङ थुलुङ-Qr160, सनराज चाम्लिङ-Qr150, कुमार क्याप्छेकीमगर-Qr150, राजकुमार चाम्लिङ-Qr150, धन दुमि राई-Qr150, अनिल थापा मगर-Qr100, कमल चाम्लिङ राई-Qr100, मिलन तामाङ-Qr100, राज दुमि राई-Qr100, नरबहादुर राई-Qr80, चन्द्रबहादुर तामाङ-Qr60, चन्द्रहाङ याख्या राई-Qr50, अरुण योन्जन Qr50, पुर्ण योन्जन-Qr50, काजी राई-Qr50, आइतराज राई Qr20,गोमबहादुर बारघरे मगर-Qr20 रधनबहादुर राना मगर-Qr50 गरि जम्मा Qr1810/- संकलन गरेकोमा नेपाली रुपियाँ ५००००/-(अक्षेरुपी पचास हजार) ग्यान्जेन दोर्जे संघर्ष समितिलाई समितिका सदस्य जीवन राईको नाममा पठाउनु भएको हो ।

आरोपित कलाकार ग्याल्जेन दोर्जे तामाङ सहित ९ जनाको समुहलाई Mongol Hop Youtube Channel बाट नेपाली झण्डा जलाएको म्युजिक भिडियो अपलोड गरेको अभियोगमा प्रहरीले भदौं १ गते पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।