झण्डा काण्डाका ग्यान्जेन दोर्जे समुहलाई छुटाउन मलेसियाबाट सहयोग प्राप्त - MONGOL KHABAR

Breaking

झण्डा काण्डाका ग्यान्जेन दोर्जे समुहलाई छुटाउन मलेसियाबाट सहयोग प्राप्त

काठमाडौ । भदौं २४ बुधबार, राष्ट्रिय झण्डा जलाएको आरोपमा पक्राउ परेका ग्याल्जेन दोर्जे तामाङ लगायत कलाकारलाई बिना शर्त रिहाइको माग गर्दै देशैभरीका मुलबासी मंगोल संघसंस्था गोलबन्द भैइरहेको बेला ग्याल्जेन दोर्जे संघर्ष समितिलाई पक्राउ परेका आरोपित छुताउन सहज होस भन्ने हेतुले देश तथा बिदेशबाट आर्थिक सहयोग संकलन भएको छ ।


त्यसैक्रममा मंगोल नेशनल अर्गनाईजेशन-डा.गोपाल गुरुङ प्रबास सभा मलेसियाले पनि आर्थिक सहयोग गरेको छ । प्रबास सभा मलेसियाको सचिब राज दर्लामी मगरको नेतृत्वमा आर्थिक सहयोग संकलन गरि पठाएको संगर्ष समितिका सदस्य तथा संघीय संचार बिभाग प्रमुख जीवन मंगोलले रकम प्राप्त गरेको फेसबुकबाट जानकारी गराएको छ ।


संघर्ष समितिलाई मलेसियाबाट राज दर्लामी मगर RM100, टपेन्द्र थामी RM100, डम्बर राई RM100, खम तामाङ RM100, शिबबहादुर मगर RM100, चित्र अंबुले RM200, sovan magar RM50, सविन राई RM100, सनम राई RM100, इन्द्र एम्बुले RM100, र मानबहादुर सुनार RM50 गरि जम्मा मलेसिया रिङ्गेट RM1100/- नेपाली रु.३०,३५५/-२०( अक्षेरुपी तीस हजार तीन सय पचपन्न रुपियाँ बीस पैसा) र भगेन राईले नेपाली रु.१०,१५२/- ( अक्षेरुपी दश हजार एक सय बाउन्न) जम्मा रु.४०,५०७/-२० (चालीस हजार पाँच सय सात रुपियाँ बीस पैसा) ग्यान्जेन दोर्जे संघर्ष समितिका सदस्य जीवन राईको नाममा पठाउनु भएको हो ।


झण्डा काण्डका आरोपित कलाकार ग्याल्जेन दोर्जे तामाङको ग्रुपलाई गत भदौ १ गते प्रहरीले पक्राउ गरेको थियो । उनिहरुलाई Mongol Hop Youtube Channel बाट नेपाली झण्डा जलाएको म्युजिक भिडियो अपलोड गरेको अभियोगमा प्रहरीले पक्राउ गरि अनुसन्धानको लागी हिरासतमा राखेको छ ।