दुर्लभ वन्यजन्तु सालकको कारोवारमा संलग्न १० जनालाई बुटवल प्रहरीको नियन्त्रणमा - MONGOL KHABAR

Breaking

दुर्लभ वन्यजन्तु सालकको कारोवारमा संलग्न १० जनालाई बुटवल प्रहरीको नियन्त्रणमा

बुटवल । भदौौं ३० मंंगलबार, प्रहरीले दुर्लभ वन्यजन्तु सालकको कारोवारमा सम्लग्न १० जनालाई नियन्त्रणमा लिएको छ । बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलको टोलीले बुटवल ५ नेपालगञ्ज रोडबाट तस्करीलाई सालक सहित पक्राउ गरेको हो ।


भदौ २६ गते प्रहरी टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा ग २ च ९३१९ नम्बरको कारको पछाडि बस्ने सिटको मुनी २ थानसालकको छाला फेला पारेको थियो ।

उक्त दिन प्रहरीले कार चालक गोर्खाको शहीद लखन गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष २५ को अशोक रोका सहित गोर्खाकै सिरानचोक गाउँपालिका वडा नम्बर ६ बस्ने खुसिमान गुरूङ र टिका गुरूङ अर्घाखांची छत्र देवका राजेन्द्र रावल र गुल्मीको धुर्कोटका प्रकाश सुनारलाई नियन्त्रणमा लिएको थियो ।

उक्त दिन नियन्त्रणमा सुराकीका आधारमा मंगलवार अपरान्ह प्रहरीले बुटवलकै नेपालगन्ज रोडबाट जिउदो सालक सहित थप ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक प्रविण पोखरेलले बताए ।

पक्राउ पर्नेहरुमा सिराहा नगरपालिका ७ बस्ने मनोजकुमार कर्ण, सिन्धुलीको तिनपाटन गाउँपालिका ३ बस्ने लोकबहादुर तामाङ र लालबहादुर तामाङ, सर्लाहीको हरि ओम गाउँपालिका १० बस्ने सूर्य लामा र उदयपुर गाईघाट नगरपालिका १ बस्ने नेत्रमाया राना रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले मंगोल खबरलाई जानकारी दिए ।

उनीहरुले दुर्लभ वन्यजन्तु सालकलाई लुकाई छिपाई साथमा लिएर हिँडेको अवस्थामा मंगलबार दिउँसो पक्राउ गरिएको खत्रीले जानकारी दिए । बरामद गरिएको सालक, सालकको छाला र नियन्त्रणमा लिईएका सबैलाई वन्यजन्तु कसुर सम्बन्धी कारबाहीको लागि डिभिजन वन कार्यालय भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

बिश्वमै दुर्लभ मानिएका ८ प्रजातीका सालक मध्ये २ प्रजातीका सालक बिशेष गरेर नेपालको महाभारत र चुरेक्षेत्रमा रहेका मकवानपुरा,धादिंङ,काभ्रेपलान्चोक, सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा पाईने गर्दछ । जिल्ला प्रहरी प्रमुख पोखरेलका अनुसार सालकको मासु खानका लागि सिकार गरीने भएपनि सालकको छालाबाट चिनियां परम्परागत बहुमुल्य औषधी बनाउनका लागि चोरी सिकार गरी अवैध ढंगले बेचबिखन हुने गरेको छ ।