नवलपरासीको नारायणीमा मेसिन जडित डुङ्गा संचालनमा, सुस्ताबासी खुशी - MONGOL KHABAR

Breaking

नवलपरासीको नारायणीमा मेसिन जडित डुङ्गा संचालनमा, सुस्ताबासी खुशी

रबिन्द्र यादव

नवलपरासी ।  असोज १४ बुधबार, गण्डक नदी (नारायणी) मा मेसिन जडित ठुलो डुङ्गा संचालनमा आएपछि सुस्ताबासी हर्षित भएका छन् । १६० क्वीन्टल भार बोक्न सक्ने ठुलो डुङ्गामा नदीमा मंगलबार देखि संचालनमा आए पछि सुस्ताबासी खुशी भएका हुन् ।


यो डुङ्गा स्यानो डुङ्गा भन्दा कम जोखिम र बढि भार बोक्न सक्ने क्षमतावान रहेको छ । यस डुङ्गामा पन्खी सहित दुई सिलिण्डरको मोटरमेसिन जोडिएको छ । उक्त मेसिन डिजलबाट चल्ने र अब यस डुङ्गालाई हातबाट खियाउन नपर्ने भएको सुस्ता बचाउ अभियानका प्रवक्त रबिन्द्र जयसवाल बताउछन् ।

पटक–पटक स्यानो डुङ्गा नदीमा पल्टिएर धनजनको क्षति हुने गरेको र सुस्ता वारीपारी आवत जावतमा बढि समय लाग्ने गर्दथ्यो तर यस ठुलो डुङ्गामा धेरै सरसामान पनि राख्न मिल्ने र बाढीमा पनि सहजै यात्रा गर्न सक्ने प्रवक्त जयसवालले बताए । उनका अनुसार बाढीमा पनि यस डुङ्गाबाट यात्रा गर्दा कम जोखिम रहेको र अहिलेको समयमा वारीबाट सुस्तापारी पुग्न जम्मा १० मिनट र फर्किन २० देखि २५ मिटन मात्र लाग्ने गरेको बताउछन् । यो डुङ्गा काठबाट बनाइएको छ ।


स्यानो डुङ्गा बाढीमा चलाउनै नमिल्ने पानी सामान्वय अवस्थामा रहदा डुङ्गा हातले खियाउने हुँदा सुस्ता पुग्न ३० मिनट आउँदा करिब १ घण्टाको समय लाग्ने गर्दथ्यो र यात्रा जोखिम पुर्ण पनि थियो तर सुस्ताबासी फिरोज आलम र जयनारायण शाहले सुस्ताबासीको समस्यालाई ध्यानमा राखी पन्खी मोटर जडित ठुलो डुङ्गा बनाएर संचालनमा ल्याएपछि सुस्ताबासीमा खुशियाली छाएको हो ।


बर्षौदेखि समस्या झेल्दै आएका सुस्ताबासीको समस्या सामाधानका लागि नदीमा झोलुंगे पुलको योजना हालेपनि पुल अझै सम्पन्न भई नसकेकाले आफनो दैनिकी सहज बनाउन विकल्पको रुपमा उक्त मेसिनबाट चल्ने डुंगा तयार गरेका हुन् ।


नदीमा पुल छैन जोखिमपुर्ण स्यानो डुङ्गा यात्रा गर्दै आएका सुस्ताबासीहरु बाढीको बेला अवागमन नै ठप्प हुन्थ्यो तर यस ठुलो मेसिन सहितको डुङ्गाले सुस्ताबासीको हौसला बढाएको सुस्ताबासी बताउछन् । ५० देखि ६० क्वीन्टल भार बोक्न सक्ने स्यानो डुङ्गाको यो एउटा विकल्प हो । यस्तै खालको अरु डुङ्गा पनि निर्माण गर्ने सुस्ताबासीले बताए ।