मंगोल शब्दलाई मंगोलियन भनेर उच्चारण गर्नु भनेको मुड्की बनाएर थप्पडी बजाउनु जस्तै हो - MONGOL KHABAR

Breaking

मंगोल शब्दलाई मंगोलियन भनेर उच्चारण गर्नु भनेको मुड्की बनाएर थप्पडी बजाउनु जस्तै हो

काठमाडौ । भदौं २४ बुधबार 

मंगोल के हो ?
उत्तर छिमेकी राष्ट्र चीन र रुसको वीचमा अवस्थित मंगोलिया देशका नागरिकको निम्ति "मंगोल" एक स्वतन्त्र राष्ट्रीयता हो । त्यस अतिरिक्त मुलुकका निम्ति "मंगोल पहिचान" केवल वर्ण-आकृति वा मानवीय ढाँचा हो ।

जानकारी अनुसार सन १९५२ मा आयोजित यूनेस्को सम्मेलनले विश्वका मानव समुदायको वर्ण पहिचान गर्दा - थेप्चो नाख, गहुंगोरो वर्ण, आँखा चिम्से जसलाई आज मंगोल भनिन्छ । त्यस आकृति अथवा ढाँचाका मानव समुहलाई "मंगोल" नामाकरण गर्यो ।

त्यससंगै रूसको ककशियनहरु - चुच्चो लामो नाख, छातीमा बाक्लो रौँ भएको, आँखा आधा बित्ता भित्र पसेको अग्लो कदको मान्छे जसलाई आज आर्य (बाहुन-ब्राह्मण) भनिन्छ । त्यस आकृति अथवा ढाँचाको मानव समुहलाई आर्य (बाहुन-ब्राह्मण) नामाकरण गर्यो ।

त्यस्तै अफ़्रिकिहरु - ठूलो जिउडाल भएको, निखुर कालो रंगको, अग्लो कदको, कपाल भेडाको उनजस्तो घुङरी परेको मान्छे, जसलाई आज निग्रो (हाब्सी - कालो जातिको मान्छे) भनिन्छ । त्यस आकृती अथवा ढाँचाको मानव समुहलाई नेग्रो नामाकरण गर्यो ।

परन्तु, अफ्रीकी मुलुक नाईजेरिया सम्बद्व नेग्रो, ककेशिया पहाड सम्बद्व ककेशियन खस आर्य तथा दक्षिण भारतको ड्रबिड सभ्यता सम्बद्व ब्राह्मण (बाहुन-क्षत्री) नामाकरण जस्तै निपल सम्बद्व मानव आकृतिलाई मंगोल नामाकरणमा अन्यथा लिनु पर्दैन । आर्य (बाहुन-क्षेत्री) समूह ककेशियाकै शाखा हो भनेर भारतिय मिडियामा विभिन्न विद्वानहरुले प्रमाणित गरिसकेको छ ।

यसै गरि यूनेस्को सम्मेलनको परिभाषामा मंगोल कुनै मंगोलियाको नागरिक नभई, चिम्से आँखा, थेप्चो नाक, गहुँगोरो वर्णको अतिरिक्त मंगोल केवल विश्वको एक मानव ढाँचा-आकृति, स्वरुप अथवा वर्ण हो । वस्तुत: मंगोल पहिचान बर्णको अर्थमा प्रयुक्त छ । तब सन १९५२ उप्रान्तका साहित्यमा मात्र मंगोल उल्लेख हुन पुगेको छ ।

यूनेस्को परिभाषित बर्णका आधारमा नेपालमा ककेशियन-आर्यको उपस्थिति रहँदै आएको छ । यस मध्ये पृथ्बीनारायण शाह यता राज्यसत्तामा आर्य-खसको निरन्तर एकाधिकार थोपरिएको छ । राणा जंग बहादुरको चरम जातवादी मुलुकी ऐन, राजा महेन्द्र शाहको हिन्दु राज्य हुँदै नामधारी कम्युनिष्ट खोल ओढेको खड्ग प्रसाद ओलीसम्म आउँदा मंगोल वर्ण- समुहका मानिस सामुदायिक रुपमा उत्पीडित बन्न बाध्य छन ।

यसरी विसं २०३७ को जनमत संग्रहताका खगेन्द्रजंग गुरुङहरुले मंगोल अभियान सञ्चालन गरेका थिए भने त्यस लगत्तै गोपाल गुरुङ उक्त अभियानमा लागे । २०४६ वरपर उनले मंगोल नेशनल अर्गनाईजेशन गठन गरे ।
मंगोल नेशनल अर्गनाइजेशन २९ वर्षको युवा भएको छ । यसले आफ्नो हकअधिकार स्वाधीनता, सुशासन, पहिचान, आफ्नो गुमेको अस्तित्व इतिहास र भविस्यको एउटा स्वर्णिम समृद्धि सुखी खुसी समावेसी र शान्तिपुर्ण राष्ट्रको माग गर्दछ ।

आफ्नो हकअधिकार मागेकोमा ककेशियन (बाहुन-क्षेत्री) हरुले ईष्र्या गरेर मंगोलियन नामले पुकार्छन् । अत: मंगोल, थारु-मधेसी, मुस्लिम, दलित, जनजाति, महिलासंगै मजदुर- किसान एवं देशभक्त पुजीपतिको न्यायपूर्ण विद्रोहलाई समर्थन गर्दै निर्णायक जनविद्रोहको तहमा संगठित गर्नु पर्छ । तर, साम्राज्यवादी तथा विस्तारवादी र दलाल पुँजीवादी घुसपैठ अथवा कोन्ट्रा- मण्डले प्रवृत्तिको भण्डाफोर गर्नु पर्छ ।

वैज्ञानिक समाधानमा राज्यसत्तामा थोपरिएको दलाल तथा नोकरशाही पुँजीवाद, हिन्दुराज्य र गोर्खाली अन्धराष्ट्रवाद बिरुद्व महान जनविद्रोह आयोजना गर्नु पर्छ र समाजवादी निर्वाचन प्रणालीको आधारमा श्रमिकवर्ग, जाति, क्षेत्र, महिला र देशभक्तहरुको संयुक्त राज्य सत्ता संगै बैज्ञानिक समाजवाद निर्माण गर्नुपदर्छ ।

पृथ्बीमा मानिस जन्मदा उसले कुनै देश, वर्ण, जाति, भाषा- संस्कृतिको आमाको कोख रोजेर जन्मेको हुँदैन । अत: जन्मले होइन, चिन्तन र कर्मले मानिसको भूमिका निर्धारण गर्छ र यस दृष्टिकोण तर्फ सर्वत्र प्रेरित गर्नु पर्छ । यही हो- मानवीय समानता, स्वतन्त्रता र बन्धुभावको संस्कृति अर्थात साम्यवादी दृष्टिकोण, मुलवासी (मंगोल) भुमिपुत्रहरुले कसैलाई काखा र कसैलाई पाखा गर्दैनन ।

प्राकृति र माटो जल संग प्रेम गर्छ, असत्यलाई सत्य भन्दैनन्, आफू माथी थोपरिएको सम्पुर्ण ककेशियन भारलाई पन्छाएर मुलवासी भुमिपुत्रहरु एक बैज्ञानिक स्वर्णिम युगको सुरुवात गर्न चाहान्छ ।

लेखक :- जोन राई
स्थायी :- भोजपुर
हाल :- मलेसिया