पुर्ब संचारमन्त्री गोकुल बास्कोता मुछिएको ७० करोड काण्ड : अख्तियारको जारी सुचना पत्र पछि, भागाभाग - MONGOL KHABAR

Breaking

पुर्ब संचारमन्त्री गोकुल बास्कोता मुछिएको ७० करोड काण्ड : अख्तियारको जारी सुचना पत्र पछि, भागाभाग


काठमाडौं । भदौ १७ बुधबार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागिएको घटनालाई चाँडै टुंग्याउने तयारी गरेको छ । 


त्यसका लागि अख्तियारले बुधबार विजय प्रकाश मिश्रलाई सात दिन भित्र उपस्थित हुन निर्देशन दिएको छ । जबकि मिश्र दुई महिना अघि नै जापान भागिसकेको समाचार आइसकेको छ ।

अख्तियारले बुधबार जारी गरेको सार्वजनिक सूचनामा कमिसन मोलमोलाइको विषयमा केही बुझ्नुपर्ने भएकाले मिश्रलाई उपस्थित हुन भनिएको छ । तोकिएको समय सीमा भित्र उपस्थित नभए कानुन बमोजिम हुने अख्तियारले सुचना जारी गरेको छ । 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका लागि मिश्रलाई बोलाएको हो । ‘यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस आयोगको प्रहरी महाशाखामा अनुसन्धान अधिकृत समक्ष सम्पर्क राख्न आउनु होला, नआए कानुनबमोजिम भइ जाने छ,’ अख्तियारको सूचनामा लेखिएको छ ।


सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पछि तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका थिए ।अडियो मिश्रले नै गोप्य रुपमा रेकर्ड गरेर मिडियामा दिएको आरोप लगाउँदै बास्कोटाले उनलाई कारबाही गर्न अदालतमा मुद्दा हालेको छ ।  मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसका लागि फ्रान्स र जर्मनीका कम्पनीले गरेको प्रस्तावमा आर्थिक चलखेल भएको बताएका थिए । मिडिया डबलीबाट साभार