राउटेहरुले बिबाह यसरी गर्छन ,थाहा पाउनुहोस ! - MONGOL KHABAR

Breaking

राउटेहरुले बिबाह यसरी गर्छन ,थाहा पाउनुहोस !

काठमाडौ । शहरका युवायुवतीहरू विभिन्न पार्क तथा मन्दिरहरूमा भेटघाट गरि गफगाफमा समय बिताउँछन । तर जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे युवायुवती कसरी रमाइलो गर्छन होला जिज्ञास धेरैलाई बुझ्न मन लागेको हुन सक्छ ।


यो जिज्ञासा मेट्न दुई वर्ष सम्म विभिन्न समयमा फिरन्ते राउटे सँग साक्षात्कार गर्ने क्रममा केही रमाइला प्रेम प्रसंग अगाडि आए । अन्य समुदायमा जस्तै राउटे युवायुवती पनि आपसमा भेटघाट र रमाइलो गर्छन् । भेटघाटका लागि टाढै जानु पर्ने अवस्था नभए पनि बसोबास गरेकै स्थानमा एक्लै भेटेर कुराकानी गर्छन् ।


राउटे युबायुवती मस्केर कुरा गर्छन् । जंगलमा दाउरा लिन जाँदा, टहरा बनाउने काम गर्दा अनि चाडपर्वमा नाचगान गर्दा पनि उनीहरू भेटघाटको तालमेल मिलाउँछन् । राउटेहरूले सामान्यतः नुहाउन मन नगर्ने भए पनि युवतीहरू नुहाएर सफा हुन्छन्, सकेसम्म सिँगारपटार गर्छन्, उपलब्ध गहनामा ठाँटिन्छन् ।

कतिपय युवती चिटिक्क परेर पनि बस्छन् । चिटिक्क परेका बेला उनीहरू राउटे युवती जस्ता पनि देखिँदैनन्। युवायुवतीबीच प्रेम भए पछि मागेर विवाह गर्ने चलन छ । उनीहरू अभिभावक सँग कुरा गरेर विवाहको तयारी गर्छन् । सामान्यतः केटाकेटीले मन पराए पछि अभिभावकले अस्वीकार गर्दैनन् । छोराको विवाहका लागि मगनी गर्न अभिभावकले केटीको घरमा ‘पाहुर’ लिएर जानु पर्ने चलन छ । पाहुर स्वरूप मह, मासु आदि मीठा खाने कुरा लिएर जाने प्रचलन रहेको मुखिया मानबहादुर शाहीले बताए ।

‘मह दिएर खुसी पारे पछि बुहारी पाइने सम्भावना बढी हुन्छ । शाहीका अनुसार ‘उपहार स्वीकार गरे पछि छोरी दिनुपर्ने हुन्छ । विवाह पक्कापक्की जस्तो हुन्छ । ‘ विवाहमा केटा पक्षले केटीलाई गहनाहरू दिने चलन हुन्छ । सिल्पटका चुरा, कानमा रिङ, पोते जस्ता गहना र सम्भव भए एकसरो नयाँ कपडाले दुलहीलाई सिँगारिन्छ ।

विवाह पछि सुहागरात कहाँ कसरी मनाउँछन भन्ने जिज्ञासमा ‘मिल्यो भने छुट्टै छाप्रो बनाएर बस्छौं । जंगल तिर एक्लै काठ काट्न र सिकार खेल्न जान्छौं’ राउटे युवती मैना शाहीले लजाउँदै भनिन् ‘केही दिन रमाइलो गर भनेर सबैले छोडि दिन्छन् । परिवार र मुखियाले पनि केही काम लगाउँदैनन् ।’ केटाकेटीले आपसमा मन पराए पछि बुहारी माग्न जाने, विवाहको मिति तय गर्ने र सानोतिनो भोज गरेर विवाह गर्ने चलन छ । भोजका रूपमा उनीहरू भात, मासु र जाँड बनाउँछन् ।