संचारकर्मी जगत ठाडा मगर र प्रेम कुमार थापा मगरको "ईतिहासको कालो अक्षरमा" (म्युजिक भिडियो) सार्बजनिक - MONGOL KHABAR

Breaking

संचारकर्मी जगत ठाडा मगर र प्रेम कुमार थापा मगरको "ईतिहासको कालो अक्षरमा" (म्युजिक भिडियो) सार्बजनिक

सम्बादाता कुशल 

काठमाडौ । असोज ११ आइतबार, संचारकर्मी तथा युबा नेता जगत ठाडा मगर र प्रेम कुमार थापा मगरको संयुक्त लगानिमा निर्माण गरिएको पहिलो मंगोल गित "ईतिहासको कालो अक्षरमा" सार्बजनिक गरिएको छ ।


एकाइशौं शताब्दीमा पुर्बदेखी पस्चिममा सुतेका मंगोलहरुलाई ब्युँझाउनको निम्ति मंगोल देश भक्त गित निर्माण गरिएको हो । संचारकर्मी, युबा नेता जगत ठाडा मगर र मंगोल अभियान्त प्रेम कुमार थापा मगरको लगानिमा निर्माण भएको "ईतिहासको कालो अक्षरमा" युबा कवि/गायक दुर्लभ जेठामन राईको शब्द संगित रहेको छ भने, बरिष्ठ संगितकार निम संगितको एरेन्जमा बनेको छ ।

साथै यस गितमा चर्चित राष्ट्रिय गायक/गायिका क्रमशः गगन सरगम, मनि राई, मन्दिरा मोक्तान, र काजल राईको स्वर रहेको छ । यो एल्बम एपि म्युजिक रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको हो । यस गितलाई नवलपुर टुडे युट्युब च्यानलले बजार ब्यबस्थापन गरिएको छ । साभार नवलपुर टुडेबाट

भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोला ।
https://youtu.be/PA0RNPlw33g