निर्बाचनमा हारेका गौतम राष्ट्रिय सभामा नियुक्तका कारण घिसिङको पुनर्नियुक्ति सम्भावना बलियो - MONGOL KHABAR

Breaking

निर्बाचनमा हारेका गौतम राष्ट्रिय सभामा नियुक्तका कारण घिसिङको पुनर्नियुक्ति सम्भावना बलियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्तिको वातावरण तयार हुन थालेको नेताहरुले बताउन थालेका छन् ।


ऊर्जामन्त्री वर्षमान पुन र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुलमानको निरन्तरताको पक्षमा रहेपनि प्रधानमन्त्री केपी शर्मा ओलीको बेवास्ताका कारण कुलमानको पुनर्नियुक्ति हुन नसकेको चर्चा छ ।

लोडसेडिङ अन्त्यदेखि घाटामा रहेको प्राधिकरण नाफामा गएको जस आफू एक्लैले लिएको, प्राधिकरणको पैसाले मिडिया हातमा लिएको आरोपमा घिसिङलाई पुनर्नियुक्ति नगरेको राजनीतिक बृतमा हल्ला चलेको छ ।

ऊर्जा मन्त्रालयले उनको पुनर्नियुक्तिका लागि मन्त्रिपरिषद् कार्यालयमा प्रस्ताव पठाए पनि कुलमानको कार्यकाल थपिएन । कुलमानको पुनर्नियुक्तिको निर्णयको प्रतिक्षामा बसेका आममानिसले निर्बाचनमा पराजित गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय सुने । त्यसपछि काठमाडौं उपत्यका सहित देशको केही स्थानमा कुलमानको पुनर्नियुक्तिको माग राखेर प्रदर्शन भइरहेको छ ।

यी प्रदर्शनमा जनताले हराएका नेतालाई राष्ट्रिय सभा लैजान हुने जनताले रुचाएका कुलमानलाई पुनर्नियुक्ति दिन नहुने जस्ता प्रश्न उठाइएका छन् । यस्तै प्रश्न नेतृत्वमा नेकपाका नेताहरुले पनि गर्न थालेका छन ।

गत प्रतिनिधि सभाको निर्वाचनमा बर्दिया १ बाट पराजित गौतमले राष्ट्रिय सभामा लैजाने निर्णयले कुलमानलाई पुनर्नियुक्ति दिनुपर्ने दवावमा प्रधानमन्त्री ओलीमा पर्न थालेका छन ।

घाटामा गइरहेको हेटौडा सिमेन्ट कारखाना प्रा. लि.का महाप्रबन्धक प्रेमशंकर सिंहलाई तीन/तीन पटक जिम्मेवारी थप्ने सरकारले चार वर्षे कार्यकालमा १८ घण्टाको लोडसेडिङ हटाउँदै अर्बाैं घाटा व्यहोरिरहेको प्राधिकरणलाई ४ अर्ब ८७ करोड नाफामा लैजान सफल नेतृत्व कुलमानलाई किन पुनर्नियुक्ति दिन नमिल्ने प्रश्न आम जनताबाट उठरहेको छ ।

जनताले नरुचाएर पराजित भएका बामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गरेपछि प्रधानमन्त्री माथि नेकपा भित्रकै प्रचण्ड निकट पूर्व माओवादीका नेताहरु र आम जनताले कुलमानलाई पुनः प्राधिकरण प्रमुख बनाउन दवाव दिइरहेका छन् । यता ओली सरकारले निमित्तकै भरमा दुई वर्ष प्राधिकरण चलाउने सोचमा रहेको नेताहरुको बुझाई छ ।