मलेसियामा अपहरण गरि नेपालमा फिरौती उठाउने दुर्गा पक्राउ, छुटाउन लागे नेकपाका ठुला नेताहरु - MONGOL KHABAR

Breaking

मलेसियामा अपहरण गरि नेपालमा फिरौती उठाउने दुर्गा पक्राउ, छुटाउन लागे नेकपाका ठुला नेताहरु

काठमाडौं । असोज १४ बुधबार, मलेसियामा रहेर म्यानपावर तथा रेष्टुरेण्ट व्यवसाय गर्दै आएका दुर्गा बहादुर श्रेष्ठ उर्फ डेभिड काठमाडौंमा अपहरण र फिरौतीको आरोपमा काठमाडौंमा पक्राउ परेका छन् । आवरणमा म्यानपावर र रेष्टुरेण्ट व्यवसाय भएपनि गुण्डागर्दीमा समेत वद्नाम रहेका उनलाई प्रहरीको अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले अपहरण र फिरौती प्रकरणमा पक्राउ गरेको हो ।


प्रहरी स्रोतका अनुसार डेभिडलाई व्युरोले मंगलवार पक्राउ गरेको हो । मलेशियाको केलाङ क्षेत्रमा गुण्डागर्दीमा सक्रिय डेभिडले वैदेशिक रोजगारीमा मलेसियामा गएका नेपाली युवाहरुलाई नै कुटपीट र शोषण गर्दै आएका पिडितहरुले बताएका छन्। 


डेभिडले मलेशियाको केलाङ क्षेत्रमा केही युवतीलाई नेपालबाट अबैध तरिकाले लैजाने र त्यहाँ देहव्यापारमा समेत लगाउने गरेको समेत स्रोतको दाबी छ । डेभिडले केलाङकै अन्य रेष्टुरेन्टमा काम गर्ने नेपाली मजदुरमाथि समेत निर्घात कुटपीट गर्ने गरेको खुलेको थियो ।मलेसियाकै गुण्डागर्दी गर्ने समुहसँगको मिलेमतोमा उनले नेपाली माथि ज्यादती गर्दै आएको पिडित नेपालीहरुले बताएका छन् । 

मलेसियामा काम गर्ने एक नेपालीलाई बन्धक बनाई फिरौती वापत नेपालमा १६ लाख रकम बैंकमार्फत लिएको उजुरी सिआइबीमा परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पिडितका आफन्तले प्रहरी कहाँ उजुरी दिएका थिए । 


सिआइबीको हिरासतमा रहेका श्रेष्ठको बुधवार पीसीआर गराईने प्रहरीले जनाएको छ । त्यसपछि उनको बारेमा  सार्वजनकि गरिने पनि सीआइबी स्रोतले जनाएको छ । 


श्रेष्ठ पक्राउ परे लगत्तै उनलाई छुटाउन नेकपाका नेताहरु सक्रिय भएका छन् । नेकपाका उपाध्यक्ष वामदेव गौतम निकट केहि नेकपाका प्रभावशाली व्यक्तिहरु अपहरण र फिरौती मामिलाका आरोपित श्रेष्ठलाई छुटाउन लागिपरेको स्रोतले बताएको छ ।