नवलपुरका उज्जवल शिशु इंग्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल दीपक कुँवरले शुल्क नबुझाएको भन्दै अबिभाबकको खुट्टा भाँचिदिए - MONGOL KHABAR

Breaking

नवलपुरका उज्जवल शिशु इंग्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल दीपक कुँवरले शुल्क नबुझाएको भन्दै अबिभाबकको खुट्टा भाँचिदिए

मंगोल खबर संबाददाता

बुटवल । भदौं २० शनिबार, विद्यालयको शिक्षण शुल्क बापतको बक्यौता रकम नतिरेको भन्दै नवलपुरका एक अभिभावकलाई निजी विद्यालयका प्रिन्सिपलले खुट्टा भाँचिदिएका छन् । 


विनयी त्रिवेणी गाउँपालिका-६ रानीनगरस्थित उज्जवल शिशु इंग्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल दीपक कुँवरले आफ्नै विद्यार्थीका अभिभावकलाई कुटपिट गरेर खुट्टा भाँचिदिएका हुन् । प्रिन्सिपलको कुटाइबाट ती अभिभावको खुट्टाको जोर्नीको हड्डी खुस्किएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी मोहनबहादुर खाँडले बताए ।

                प्रिन्सिपल दीपक कुँवर
स्कुल संचालक दिपक कुँवरको कुटाईबाट पश्चिम नवलपरासी सुस्ता गाउँपालिका-३ का कृष्णप्रसाद अचार्य घाइते भएका हुन् । आचार्यको दाहिने खुट्टा भाँचिएको छ । कुँवरको विद्यालयमा आचार्यका दुई छोराहरु अध्ययन गर्दर्थे । साउन २८ गते बक्यौता शुल्क माग गरेपछि आचार्यले कारोना भाइरसको कारण लकडाउन भएको र आफूसँग तत्काल रकम नभएको भनेपछि विवाद भएको थियो ।

पीडितले रकम तत्काल तिर्न नसकने भनेपछि कुँवरले गाली गलौज गर्दै कुटपिट गरेको घाइते आचार्यका छोरा लक्षण आर्चाले बताए । आचार्यको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ । ‘हामी दुई जना दाजुभाइ सरको विद्यालयमा नै पढेका हौं । तीन वर्षअघि एसईई दिने बेलामा अध्ययन गरेको करिब २५ /३० हजार रकम तिर्न बाँकी रहेछ,’ घाइते अभिभावकका छोरा लक्ष्मण आर्चायले भने,‘एकै पटक तिर्न नसक्ने र थोरै थोरै गरेर तिर्छौं भन्दा एक्कासी किनमेलका लागि बजार जाँदा बाटोमा नै कुटपिट भयो ।

पीडित बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार गर्दै ।
घटना भएको लामो समय हुँदा समेत गाउँघरको झगडा भन्दै प्रहरी समक्ष उजुरी पुगेको थिएन् । तर पीडितको खुट्टाको अप्रेसन गर्नु परेको र उपचार खर्च पनि धेरै लागेपछि घट्ना बाहिर आएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) मा घाईते आचार्यको छोरा राम आचार्यले भदौ ९ गते जाहेरी दर्ता गरेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्व नवलपुर कावासोतीका सूचना अधिकारी खाँडले प्रिन्सिपल विरुद्ध मुद्दा दर्ता भएको र आरोपितको खोजी कार्य भइरहेको बताए ।