धनुषामा १५ बर्षिय दलित बालिका सामुदायिक बलात्कार - MONGOL KHABAR

Breaking

धनुषामा १५ बर्षिय दलित बालिका सामुदायिक बलात्कार

धनुषा । भदौ १८ बिहिवार, धनुषामा एक जना १५ बर्षिय दलित बालिका माथी सामुहिक बलात्कार भएको छ । धनुषा जिल्ला गणेशमान चारनाथ नगरपालिकामा वार्ड नंबर- ८ का दलित बालिका आँपको रुख भएको एकान्तमा बाख्रा चराई रहेको अबस्थामा पहिचान नभएका दुई जना माक्स लगाएका युबाहरुले हातमा समाई झाडी तिर लगेर बलात्कार गरेको थियो ।

घट्ना भदौं १५ गते दिउँसो १२:३० बजे तिर भएको थियो । पिडित बालिकाले घरमा आएर परिवारलाई बताए पछि घट्ना बाहिरिएको हो । बालिकाको स्वास्थ्य परीक्षण गर्न जनकपुर स्थित प्रादेशिक अस्पतालमा लगिएको छ । 


उक्त घट्ना सम्बन्धी बुझ्न नवलपुर टुडेले धनुषा ढल्केबर प्रहरीका डिएसपीलाई फोनमा सम्पर्क गर्दा प्रहरीले शंकास्पद दुई जनालाई बुधबार साझ अनुशन्धानको लागि पक्राउ गरि हिरासतमा लिएको र थप एक जना संतोष यादबलाई आज (बिहिबार) बिहान ९ बजे पक्राउ गरि केरकार गरिरहेको बताएका छन । 
नवलपुर टुडेेेबाट लिएको